रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
सारांश
- काठमाडौं, १३ जेठ।
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले भन्दैमा आफुले राजीनामा नदिने बताएका छन् ।
- आफु निर्वाचित सभापति भएको दाबी गर्दै देउवाले कसैले गेट आउट भन्दैमा कांग्रेसको नेतृत्व नछाड्ने बताएका हुन् ।
काठमाडौं, १३ जेठ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले भन्दैमा आफुले राजीनामा नदिने बताएका छन् । आफु निर्वाचित सभापति भएको दाबी गर्दै देउवाले कसैले गेट आउट भन्दैमा कांग्रेसको नेतृत्व नछाड्ने बताएका हुन् ।
कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले निर्वाचित सभापतिलाई गेट आउट भन्न कसैले नपाउने दाबी गरे।
तीन वर्षमा पनि पार्टीको महाधिवेशन हुन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै भने, म निर्वाचित भएर आएको सभापति हुँ । कसैले गेट आउट भन्दैमा गेट आउट हुन्नँ । अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहिँ प्रतिस्पर्धा गरौंला ।
रामचन्द्र पौडेल समेत सहभागी रहेको कार्यक्रममा देउवाले कांग्रेस पराजयको कारण आफु नभई एमाले माओवादी भएको दाबी गरे । पार्टी नेतृत्वको गलत कार्यशैलीका कारण चुनाव हारेको भन्ने पौडेल पक्षको भनाईलाई चुनौती दिँदै देउवाले भने, यसपटक एमाले र माओवादी मिलेका कारणमात्र कांग्रेस हारेको हो । उनीहरु नमिल्दा पनि यसअघि दुईपटक कांग्रेसले चुनाव हारेकै हो । मैले किन जिम्मा लिने ?
देउवाले प्रजातन्त्रमाथि कुनै किसिमको खतरा आए कांग्रेस आन्दोलन गर्न तयार रहेको बताए । प्रजातन्त्रमा पत्रकारको कलम बलियो हुनुपर्ने भन्दै यदि हस्तक्षेप भए प्रतिकार गर्न तयार भएको बताए । उनले संचारमाध्यमलाई पनि सशक्त बन्न आग्रह गर्दै कुनै किसिमको दबाबको सामना गर्न तयार रहनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया