आज वाम एकता संयोजन समितिको वैठक, टुंगो लाग्ला त !

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन २, २०७४
|
१
|
५६ पटक हेरिएको
Shares
आज वाम एकता संयोजन समितिको वैठक, टुंगो लाग्ला त !

सारांश

  • काठमाडौं, २ फागुन – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतालाई अन्तिम रुप दिन आज पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ।
  • हिजो मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको दुईपक्षीय छलफलबाट संयोजन समितिको वैठकबाट एकताको टुंगो लगाउने सहमति भएको हो।
  • नयाँ सरकार गठन अघि नै पार्टी एकतालाई टुंगोमा पुर्याउन र एकीकृत पार्टीको खाका तयार पार्न भन्दै दुई पार्टीका अध्यक्षले निरन्तर छलफल, भेटघाट गर्दै आएका छन्।

काठमाडौं, २ फागुन – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतालाई अन्तिम रुप दिन आज पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ। हिजो मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको दुईपक्षीय छलफलबाट संयोजन समितिको वैठकबाट एकताको टुंगो लगाउने सहमति भएको हो।

नयाँ सरकार गठन अघि नै पार्टी एकतालाई टुंगोमा पुर्याउन र एकीकृत पार्टीको खाका तयार पार्न भन्दै दुई पार्टीका अध्यक्षले निरन्तर छलफल, भेटघाट गर्दै आएका छन्। ‘बुधबार एकता समतिको वैठक बसेर एकताको विषयमा छलफल हुनेछ’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘त्यसअघि दुवै अध्यक्षबीच वार्ता हुनेछ ।’

पार्टी एकतालाई सरकार गठन अघि नै टुंगाउने उद्देश्यलये समितिको वैठक हुन लागेको जनाइएको छ । यसअघि दुवै पार्टीका अध्यक्षबीच पार्टी एकतालाई अघि बढाउन दुवैजना सहअध्यक्ष पार्टीमा रहने गरी छलफल भएको थियो ।

गत असोज १७ गते पार्टी एकतासहित चुनावी तालमेलमा छिरेका एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको विषयमा धेरैपटक दुई अध्यक्ष बीच छलफल भैसकेको छ । यद्यपी एकताका विषयमा आशंका समेत सुनिने गरेका छन् ।

दुवै पक्षबीच सहमति भएको विषयबाहेकलाई अन्य विषयलाई एकता महाधिवेशनबाट टुंगो लगाउने सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति गरेका दुवै दलको माक्र्सवाद र लेनिनवाद सिद्धान्तका रुपमा रहनेछ । महाधिवेशनसम्म हाल एमालले मार्गनिर्देशक मान्दै आएको बहुदलीय जनवादी र नेकपा माओवादीको माओवाद अन्तिम टुंगो लगाउने सहमति भएको छ । त्यसअघि पार्टीभित्र बहस गर्ने सहमति भएको छ ।

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Birkha Rai

    Good2 Very Good News. …..,,,,,

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साना उद्यमीलाई पूँजीको अभाव हँदैन स् अर्थमन्त्री
साना उद्यमीलाई पूँजीको अभाव हँदैन स् अर्थमन्त्री
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
पूर्खाले ज्यान दिएर बचाएको देश हामी अडानमा बसे पुग्छ : प्रम ओली
पूर्खाले ज्यान दिएर बचाएको देश हामी अडानमा बसे पुग्छ : प्रम ओली
भारतको स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण
भारतको स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण
राष्ट्रियसभा अध्यक्षको स्वागतमा गृहजिल्लामा बाजागाजा र दीपावली
राष्ट्रियसभा अध्यक्षको स्वागतमा गृहजिल्लामा बाजागाजा र दीपावली
आचारसंहिता सरकारबाटै धेरै उल्लंघन ‘राहत वितरणको नाममा आचारसंहिता उल्लंघन,आयोग
आचारसंहिता सरकारबाटै धेरै उल्लंघन ‘राहत वितरणको नाममा आचारसंहिता उल्लंघन,आयोग
हङकङबिरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा
 पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत
 पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ

तपाईंले छुटाउनुभयो कि?