वाईडबडी घोटाला : जीतेन्द्र देवलाई बचाउन गच्छदार ओलीको शरणमा !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २०, २०७५
|
|
५९ पटक हेरिएको
Shares
वाईडबडी घोटाला : जीतेन्द्र देवलाई बचाउन गच्छदार ओलीको शरणमा !

सारांश

  • काठमाडौं, २० पुस ।
  • वाइडबडी विमान खरिदको छानविन गर्न गठित संसदीय उपसमितिको प्रतिवेदन बाहिर आएसँगै हाई प्रोफाईल नेताहरुको निद हराम भएको छ ।
  • उपसमितिले बहालवाला मन्त्री रवीन्द्र अधिकारीसँगै पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र देव, गृहसचिव राई, पर्यटन सचिव, वायुसेवा निगमका महाप्रबन्धन सुगतरत्न शंकाकारलाई कारबाही सिफारिस गरेको छ ।

काठमाडौं, २० पुस । वाइडबडी विमान खरिदको छानविन गर्न गठित संसदीय उपसमितिको प्रतिवेदन बाहिर आएसँगै हाई प्रोफाईल नेताहरुको निद हराम भएको छ ।

उपसमितिले बहालवाला मन्त्री रवीन्द्र अधिकारीसँगै पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र देव, गृहसचिव राई, पर्यटन सचिव, वायुसेवा निगमका महाप्रबन्धन सुगतरत्न शंकाकारलाई कारबाही सिफारिस गरेको छ ।

तर, प्रतिवेदनमा पूर्वमन्त्री शाही र देवले नैतिक जिम्मेवारी लिनुपर्ने र अधिकारीलाई कानुनबमोजिम कारबाही सिफारिस गरिएको छ । पूर्वमन्त्री देवलाई कारबाही हुनबाट बचाउनको लागि कांग्रेस उपसभापति विजयकुमार गच्छदारले आफ्नो राजनीतिक दौडधुप सुरु गरेका छन् । तत्कालिन फोरम लोकतान्त्रिकको तर्फबाट देव मन्त्री बनेका थिए । फोमर लोकतान्त्रिकका अध्यक्षको नाताले देवलाई मन्त्री गच्छदारले नै बनाएका हुन् ।

अहिले फोरम कांग्रेसमा मिसिएको छ । गच्छदारले आज विहानै प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । उनले उपसमितिले बाहिर ल्याएको प्रतिवेदन अधुरो र हचुवाको भरमा ल्याएको भन्दै पूर्वमन्त्री देवलाई मुछिएकोमा आपत्ति जनाएका थिए ।

उनले ओलीसँगको छलफलमा यस प्रकरणमा यो प्रतिवेदनले काम नगर्ने भएकोले अर्को प्रतिवेदन ल्याउनुपर्ने माग राखेका छन् । सरकारले हिजोमात्रै यस प्रकरणमा उपसमितिले ल्याएको प्रतिवेदन मान्य नभएको भन्दै अर्कै उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको छ ।

बिहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले वाइडबडी प्रकरण छानविनका लागि ३ सदस्यीय न्यायिक आयोग गठन गरेको हो । पाटन उच्च अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा ३ सदस्यीय न्यायिक आयोग गठन गरेको हो ।

उनको नेतृत्वमा चार्टर एकाउन्टेन्ट मदन शर्मा र पूर्व महान्याधिवक्ता नरेन्द्र पाठक रहेका छन् । समितिद्वयलाई वाइड बडी खरिद प्रक्रियामा भएको घटनाबारे छानविन गरी सत्यतथ्य पत्ता लगाउनका लागि ४५ दिनको समय दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने
मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने
सुभेच्छा र राजु गिरि बिचको तनावले ‘शिवम’को रिलिज डेट सर्यो
सुभेच्छा र राजु गिरि बिचको तनावले ‘शिवम’को रिलिज डेट सर्यो
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
महिलामाथि तेजाब प्रहार
महिलामाथि तेजाब प्रहार
१२ पद खाली, बढुवा हुनुपर्ने एसएसपी अवकाशको मुखमा
१२ पद खाली, बढुवा हुनुपर्ने एसएसपी अवकाशको मुखमा
काभ्रेपलाञ्चोकको भुम्लुटार र फलाटेमा पुनःनिर्माण हुन सकेन
वाग्मती प्रदेशमा उपसभामुख चयनका लागि आज मतदान
वाग्मती प्रदेशमा उपसभामुख चयनका लागि आज मतदान
दूरसञ्चारका कर्मचारीले जहाजै नचढी टिकटको पैसा लिएपछि …
दूरसञ्चारका कर्मचारीले जहाजै नचढी टिकटको पैसा लिएपछि …
IS loses Strongholds in Syria and Iran
IS loses Strongholds in Syria and Iran

तपाईंले छुटाउनुभयो कि?