काठमाडौं मेट्रो रेलको काम सुरु , सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म रेल कुँद्ने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ १०, २०७५
|
|
५६ पटक हेरिएको
Shares
काठमाडौं मेट्रो रेलको काम सुरु , सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म रेल कुँद्ने

सारांश

  • काठमाडौं, १० माघ – काठमाडौँमा मेट्रोे रेल चलाउनका लागि रेल विभागले औपचारिक रूपमा योजना अगाडि सारिएको छ ।
  • सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक रुटमा मेट्रो रेलको रेलको विस्तृत अध्ययन गर्न रेल विभागले एक महिनाको समय दिएर इन्छुक कम्पनीबाट प्रस्ताव माग गरेको हो ।
  • रेल विभागले सार्वजनिक सूचना सार्वजनिक गर्दै ईन्छुक कम्पनीबाट सो रुटमा मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न चाहने कम्पनीको खोजी सुरु गरेको हो ।

काठमाडौं, १० माघ – काठमाडौँमा मेट्रोे रेल चलाउनका लागि रेल विभागले औपचारिक रूपमा योजना अगाडि सारिएको छ ।

सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक रुटमा मेट्रो रेलको रेलको विस्तृत अध्ययन गर्न रेल विभागले एक महिनाको समय दिएर इन्छुक कम्पनीबाट प्रस्ताव माग गरेको हो ।

रेल विभागले सार्वजनिक सूचना सार्वजनिक गर्दै ईन्छुक कम्पनीबाट सो रुटमा मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न चाहने कम्पनीको खोजी सुरु गरेको हो ।

विभागले इच्छुक कम्पनीहरुलाई आशयपत्र माग गर्दै एक महिनाभित्र आवेदन दिन आवहान गरेको हो  । रेल विभागले डीपीआर गराउने कम्पनी छनोट गरी छनोट भएको कम्पनीलाई डीपीआर तयार गर्न निश्चित समय दिने छ ।

त्यसपछि प्राप्त डीपीआरलाई आधार बनाएर प्रतिस्पर्धा गराउने र यो रुटमा रेलमार्ग बनाउने काम अगाडि बढाउने रेल विभागको तयारी छ ।
यस अघि लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि धुलिखेलसम्मको ३७ किमी दुरीमा रेल बनाउँन प्रस्ताव माग गरेको थियो । उक्त प्रस्तावमा मेट्रो रेलकोको डीपीआर बनाउन चाहने ४ वटा कम्पनी प्रतिस्र्धामा आएका छन् ।

यीमध्ये उपयुक्त कम्पनीलाई एक वर्षभित्रै डीपीआर बनाइसक्ने गरी जिम्मा दिने तयारी विभागको छ ।  यी दुबै रुटमा रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढेकोले नियमित काम भए अबको पाँच सात वर्षमै काठमाडौंमा रेल कुद्ने छ ।

पछिल्लो समय काठमाडौ महानगरपालिकाले चिनियाँ कम्पनीलाई काठमाडौं चक्रपथको २८ किमी दुरीमा मोनोरेल निर्माणको लागि डीपीआर बनाउने जिम्मा दिएको छ । यो कम्पनीले एक वर्षमै डीपीआर बनाउने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल
सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल
चिया पसलमा भेटिन थाले प्रकाशमान
चिया पसलमा भेटिन थाले प्रकाशमान
Scientists find that smoking harms livers of unborn babies
Scientists find that smoking harms livers of unborn babies
लेखनाथमा दिनहुँ जसो सहकारीमा चोरी, बाणिज्य संघको ध्यानाकर्षण,
लेखनाथमा दिनहुँ जसो सहकारीमा चोरी, बाणिज्य संघको ध्यानाकर्षण,
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)
जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)
पैसा लिएर लाइसेन्स दिने ८ जना कम्प्युटर अपरेटरलाई भ्रष्टाचार मुद्दा
पैसा लिएर लाइसेन्स दिने ८ जना कम्प्युटर अपरेटरलाई भ्रष्टाचार मुद्दा
पोखरालाई पेनाल्टीमा हराउँदै धनगढी एनएसएलको फाइनलमा
पोखरालाई पेनाल्टीमा हराउँदै धनगढी एनएसएलको फाइनलमा

तपाईंले छुटाउनुभयो कि?