सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १७, २०८१
|
|
५९ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल

सारांश

  • सुदूरपश्चिम।
  • सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष र नेकपा (एमाले) एक गाउँपालिका उपाध्यक्षमा विजयी भएको छ।
  • कांग्रेस वडाध्यक्षबाहेक कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएको हो।

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष र नेकपा (एमाले) एक गाउँपालिका उपाध्यक्षमा विजयी भएको छ।

कांग्रेस वडाध्यक्षबाहेक कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएको हो। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) की सुलोचनाकुमारी भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी निर्वाचित भएकी छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाइन्।

तेस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी) की जवा शाहीले पाँच सय ५३ मत पाइन्। दुई वर्षअघि भएको निर्वाचनमा यो गापाको उपाध्यक्षमा कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन्। उनको निधनपछि उपनिर्वाचन भएको हो। विसं २०७४ मा भने सो गापामा एमाले नै विजयी भएको थियो।

दुई वर्षअघिको निर्वाचनमा पराजय बेहोरेको कांग्रेस उपनिर्वाचनमा बझाङ जिल्ला, सुर्मा गापा-४ र दार्चुला जिल्ला, दुहु गापा-५ को वडाध्यक्ष पदमा निर्वाचित भएको छ।

सुर्मा-४ मा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धामा एमालेका लखिचन्द्र बोहराले चार सय ८७ मत पाए। यसअघिको निर्वाचनमा एमालेका प्रत्यासी यो वडाको वडाध्यक्षमा विजयी भएका थिए।

यसअघिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) विजयी भएको दार्चुला दुहु-५ को वडाध्यक्षमा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धि एमालेका मानसिंह बडालले तीन सय ५८ मत पाए।

कांग्रेसले डोटीको पूर्वीचौकी गापा-६ र कञ्चनपुर भीमदत्तनगर नगरपालिका-६ को वडाध्यक्षमा पुनः विजय प्राप्तगरी बिरासत जोगाएको छ। पूर्वीचौकीमा कांग्रेसका मोहन थापा चार सय ६८ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापा तीनसय एक मत पाए।

भीमदत्त नगरनगरपालिका-६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मत प्राप्त गरी विजयी हुँदा एमालेका बहादुर चन्द चार सय ८७ मतमा सीमित भए।

उपनिर्वाचनअन्तर्गत नै कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीका चौधरीभूल निर्विरोध निर्वाचित भइसकेकी छन्।

उपनिर्वाचनमा संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का साथै नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको नतिजा शून्य भएको छ।

आइतबार भएको उपनिर्वाचनमा मतदान गर्न योग्य कूल मतदातामध्ये स्वामीकार्तिक खापर गाउँपालिकामा ५२, सुर्मा गापामा ७६, पूर्वीचौकी गापामा ५३, दुहुँ गापामा ६९ र भीमदत्तनगर नगरपालिकामा ५५ प्रतिशत मत खसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
गुडिरहेको बसबाट खसेर एक खलाँसीको मृत्यु
‘मेरो पैसा खै’ मा बर्षा शिवाकोटीले स्क्रिप्ट नदिएपछि अभिनय नगर्ने
‘मेरो पैसा खै’ मा बर्षा शिवाकोटीले स्क्रिप्ट नदिएपछि अभिनय नगर्ने
सन्दीपको पहिलो खेलमा पहिलो विकेट यस्तो थियो
सन्दीपको पहिलो खेलमा पहिलो विकेट यस्तो थियो
६ वर्षमा ६ जना प्रधानमन्त्री भारत भ्रमणमा, नेपालको समस्या उस्तै
६ वर्षमा ६ जना प्रधानमन्त्री भारत भ्रमणमा, नेपालको समस्या उस्तै
इतिहास रच्दै प्रिन्स दाहाल
इतिहास रच्दै प्रिन्स दाहाल
दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता
दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता
भन्सार कर्मचारीको मिलेमतोमा ‘जुस’को नाममा ‘मदिरा’ भित्रियो
भन्सार कर्मचारीको मिलेमतोमा ‘जुस’को नाममा ‘मदिरा’ भित्रियो
दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान
दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान
बाढी, पहिरो र सडक दुर्घटनाप्रति ध्यानाकर्षण
बाढी, पहिरो र सडक दुर्घटनाप्रति ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?