खानेपानी मन्त्रीद्धारा विद्यालयलाई एक लाख सहयोग घोषणा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
५० पटक हेरिएको
Shares
खानेपानी मन्त्रीद्धारा विद्यालयलाई एक लाख सहयोग घोषणा

सारांश

  • कञ्चनपुर,२७ मंसिर ।
  • खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको बेलौरीमा सञ्चालित श्री सरस्वति माध्यमिक विद्यालयको सहयोगार्थ एक लाख एक हजार एक सय रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
  •   श्री सरस्वति माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय बनाउने उद्देश्यले बेलौरीमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले उक्त रकम विद्यालयको सहयोगार्थ प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

कञ्चनपुर,२७ मंसिर । खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको बेलौरीमा सञ्चालित श्री सरस्वति माध्यमिक विद्यालयको सहयोगार्थ एक लाख एक हजार एक सय रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।  श्री सरस्वति माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय बनाउने उद्देश्यले बेलौरीमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले उक्त रकम विद्यालयको सहयोगार्थ प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न थप सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाउनुभएको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग जुटाउने उहाँले बताउनुभयो । त्यसैगरी विद्यालयका लागि आवश्यक पर्ने खानेपानीको आपूर्ति व्यवस्था मिलाउन समेत उहाँले रकम विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्मार्ट विद्यालय तथा उच्च मावि सञ्चालन गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरीमा मंसिर २७ गते बिहीबारदेखि शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ । उक्त महोत्सव पुस ५ गते सम्म चल्ने जनाईएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको फैसला बमोजिम मनाङेलाई खोज्न प्रहरी टोली परिचालन
अदालतको फैसला बमोजिम मनाङेलाई खोज्न प्रहरी टोली परिचालन
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
होन्डुरनको महिला कारागार दङ्गामा ४१ कैदीको मृत्यु
होन्डुरनको महिला कारागार दङ्गामा ४१ कैदीको मृत्यु
गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !
गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !
सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने
सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने
हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार
हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार
‘हेपाटाइटिस बी’ समस्याबाट पीडित उपल्लो डोल्पावासी
‘हेपाटाइटिस बी’ समस्याबाट पीडित उपल्लो डोल्पावासी
उदयपुर नेपालटारमा आगलागी हुँदा १ जनाको ज्यान गयो, १२ घर नष्ट
उदयपुर नेपालटारमा आगलागी हुँदा १ जनाको ज्यान गयो, १२ घर नष्ट

तपाईंले छुटाउनुभयो कि?