ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १२, २०७६
|
|
५० पटक हेरिएको
Shares
ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण

सारांश

  • बीबीसी I ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ।
  • एकहत्तर वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको तर उनको स्वास्थ्यावस्था राम्रो भएको एक प्रवक्ताले बताएका छन्।
  • उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ।

बीबीसी I ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ।

एकहत्तर वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको तर उनको स्वास्थ्यावस्था राम्रो भएको एक प्रवक्ताले बताएका छन्।

उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ। तर उनमा भाइरस भएको देखिएन।

चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ।

केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका ूकसबाट राजकुमारमा भाइरस सर्‍यो त्यो पत्ता लगाउन सम्भवू नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?