लकडाउनले समस्यामा परेकालाई निःशुल्क पानी बाँड्न किन प्रहरी नै गुहार्नु पर्यो ?
सारांश
- लकडाउनका बेला खानेपानीको समस्यामा परेकाहरुलाई पानी बाँड्दै हिडेको समूहलाई जोरपाटी आसपासमा अवरोध गरिएको छ ।
- बुद्धवचन अनुवाद समितिको समूह खानेपानीको अभाव भोगिरहेका जोरपाटी आसपासका सर्वसाधारणलाई ट्यांकर लिएर पानी बाँड्दै हिडिरहेको थियो ।
- त्यही समय छहारी क्लब आसपासका स्थानीय जम्मा भई उनीहरुलाई अवरोध गरेका हुन् ।
लकडाउनका बेला खानेपानीको समस्यामा परेकाहरुलाई पानी बाँड्दै हिडेको समूहलाई जोरपाटी आसपासमा अवरोध गरिएको छ । बुद्धवचन अनुवाद समितिको समूह खानेपानीको अभाव भोगिरहेका जोरपाटी आसपासका सर्वसाधारणलाई ट्यांकर लिएर पानी बाँड्दै हिडिरहेको थियो । त्यही समय छहारी क्लब आसपासका स्थानीय जम्मा भई उनीहरुलाई अवरोध गरेका हुन् । पानी, खाद्यान्न लगायतका राहत सामाग्री प्रदान गर्न आएका समूहबाट कोरोना भाइरस फैलिन सक्छ भन्दै स्थानीयले अवरोध गरेको समितिका संयोजक तथा समाजसेवी टीका शेर्पाले बताए । यद्यपी आफ्नो समूहले निकै सावधानीका साथ सामाजिक दुरी कायम राख्दै समस्यामा परेकाहरुलाई सहयोग गरेको बताए । यसरी सहयोग गर्दा पनि स्थानीयले नबुझेर अवरोध गरेको देख्दा आफुलाई आश्चर्य लागेको शेर्पाले सुनाए ।
खानेपानीको समस्या भोगिरहेका सर्वसाधारणलाई पानी वितरण गर्न स्थानीयले अवरोध गरेपछि प्रहरी नै गुहार्नु परेको शेर्पाले बताए । प्रहरी आएपछि मात्रै त्यहाँका करिब २ सय जनालाई ट्यांकरबाट पानी निकालेर बाँडिएको थियो । बुद्धवचन अनुवाद समितिको शेर्पा सहितको समूहले लकडाउन सुरु भएयता गोकर्णेश्वर नगरपालिका ८ मा बसोबास गर्ने सय भन्दा बढि परिवारलाई राहत वितरण गरिसकेको छ ।
प्रतिक्रिया