गुडिरहेको बसबाट खसेर एक खलाँसीको मृत्यु
सारांश
- भक्तपुर ।
- मध्यपुरथिमि गठ्ठाघरमा गुडिरहेको बसबाट खस्दा बसका खलाँसीको मृत्यु भएको छ ।
- बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडिको भर्याङबाट खसेर २२ वर्षका एक खलाँसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भक्तपुर । मध्यपुरथिमि गठ्ठाघरमा गुडिरहेको बसबाट खस्दा बसका खलाँसीको मृत्यु भएको छ । बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडिको भर्याङबाट खसेर २२ वर्षका एक खलाँसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सोमबार गठ्ठाघरको अर्बिट स्कूल अगाडि भएपनि मृतकको पहिचान खुल्न सकेको छैन ।
खलाँसीकाबारे बसका चालक सुन्दर कर्माचार्यलाई पनि खासै जानकारी नभएको बताएका छन् ।
उनी कुन ठाउँका हुन भन्ने पत्ता लाग्न नसकेको प्रहरीले बताएको छ । बसका चालक कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया