प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

सारांश

  • काठमाडौँ, ७ फागुन, विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ ।
  • यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
  • अघिल्लो हप्ताबाट प्रमाणित गर्ने काम शुरु गरिएको उहाँले बताउनुभयो ।

काठमाडौँ, ७ फागुन, विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ । यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

अघिल्लो हप्ताबाट प्रमाणित गर्ने काम शुरु गरिएको उहाँले बताउनुभयो । यसअघि दूतावासले मागेको औँठाछाप प्रमाणित गर्न प्रहरी प्रधान कार्यालय आउनुपर्ने र यहाँबाट सिफारिश लिएर पुनः विधिविज्ञान प्रयोगशाला जानुपर्ने अवस्था थियो । अहिले त्यो झन्झट हटेर प्रहरी प्रधान कार्यालयको चालचलन शाखाबाटै औँठाछाप प्रमाणित गरी एकै ठाउँबाट सेवा दिन थालिएको हो ।

मुख्यगरी भिसा नवीकरण, वैदेशिक रोजगारीमा जाने मजदुरको चालक अनुमतिपत्रको विषय, विद्यार्थी लामो समयसम्म बस्ने गरी कुनै पनि देशमा जान लागेका बेला, नेपालमा भएका विदेशी नागरिकका चालक अनुमतिपत्र र भिसा नवीकरणलगायतको कामका लागि विभिन्न औँठाछाप प्रमाणित भएको कागज आवश्यक पर्छ ।

त्यसैले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन प्रहरी नायव निरीक्षकको नेतृत्वमा खटाइएको विज्ञ टोलीले प्रहरी प्रधान कार्यालयबाट नै प्रमाणित गरेर पठाउने गरेको प्रवक्ता सुवेदीले बताउनुभयो । दैनिक ४÷५ जना औँठाछाप प्रमाणितका लागि प्रहरी प्रधान कार्यालय आउने गरेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरे : प्रधानमन्त्री
सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरे : प्रधानमन्त्री
भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा भव्य स्वागत
भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा भव्य स्वागत
वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य
वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य
कोरोना नमस्ते अभियान
कोरोना नमस्ते अभियान
युरोपमा कोरोनाभाइरस सङ्क्रमितको पहिलो मृत्यु
युरोपमा कोरोनाभाइरस सङ्क्रमितको पहिलो मृत्यु
जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
उसबेलाको जनसत्ताको कुरा लिएर माओवादीले बखेडा झिक्दै
काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
शाहीको अध्यक्षतामा अछाम–काठमाडौं सम्पर्क समाज
शाहीको अध्यक्षतामा अछाम–काठमाडौं सम्पर्क समाज
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

तपाईंले छुटाउनुभयो कि?