भूकम्पपीडितका लागि सामान घुम्तीकोष

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १६, २०७५
|
|
५९ पटक हेरिएको
Shares
भूकम्पपीडितका लागि सामान घुम्तीकोष

सारांश

  • काठमाडौँ,१६ माघ ।
  • गण्डकी गाउँपालिकामा आर्थिक अभावका कारण घर बनाउन शुरु गर्न नसकेका भूकम्पपीडितका लागि सामान घुम्तीकोष शुरु गरिएको छ ।
  • पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घर बनाउन शुरु नगरेका भूकम्पपीडितलाई वडा कार्यालयको रोहबरमा सामान उपलब्ध गराएर घर निर्माणको काम शुरु गर्न लगाइएको हो ।

काठमाडौँ,१६ माघ । गण्डकी गाउँपालिकामा आर्थिक अभावका कारण घर बनाउन शुरु गर्न नसकेका भूकम्पपीडितका लागि सामान घुम्तीकोष शुरु गरिएको छ ।पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घर बनाउन शुरु नगरेका भूकम्पपीडितलाई वडा कार्यालयको रोहबरमा सामान उपलब्ध गराएर घर निर्माणको काम शुरु गर्न लगाइएको हो ।

पैसा दिँदा खर्च गर्ने र घर बनाउनै नथाल्ने भएपछि वडा कार्यालय साक्षी बसेर घर बनाउन आवश्यक पर्ने सामग्री झिकाइदिने गरेको वडा नं २ का अध्यक्ष गिरबहादुर गुरुङले जानकारी दिनुभयो । “ढुङ्गा, गिट्टी, इँटा बालुवा सिमेन्टलगायत डिपिसीसम्म गर्न आवश्यक पर्ने सबै निर्माण सामग्री हामी जिम्मा बसेर झिकाइदिन्छौँ”, उहाँले भन्नुभयो– “घर बनाउन शुरु गरेसँगै उहाँहरूको दोस्रो किस्ताको रकम आएपछि सामान ल्याएको ठाउँमा बुझाइदिने गरेका छौँ ।”

गाउँपालिकाका तीन वटा वडामा सामान घुम्तीकोष शुरु भएकोे वडाध्यक्ष गुरुङको भनाइ छ । सरकारले लाभग्राही भूकम्पपीडितलाई घर निर्माणको समयसीमा तोकेको भए पनि केही भूकम्पपीडितले रकम अभावका कारण घर बनाउन शुरु नै गर्न नसक्ने अवस्था भएपछि वडा कार्यालय घुम्तीकोष सञ्चालन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष गुरुङले घुम्तीकोषबाट अहिलेसम्म गण्डकी गाउँपालिकाको वडा नं १, २ र ६ मा गरी नौ घर निर्माण भइसकेको जानकारी दिनुभयो । “समान घुम्तीसेवा शुरु नगरेको भए उहाँहरूले घर बनाउनु हुन्थेन”, वडाध्यक्ष गुरुङले भन्नुभयो– “कसरी छिटो पुनःनिर्माण सम्पन्न गर्न सकिन्छ भन्ने विचार गर्दा यो उपाय लगाएका हौँ ।”

घुम्तीसेवा लिएर अहिले १८ घर निर्माणको चरणमा रहेको वडाध्यक्ष गुरुङको भनाइ छ । “यो सेवा लिएका भूकम्पपीडितको घर बनाउँदै गर्दा किस्ता आए उहाँकै किस्ताबाट तिरिदिन्छौँ”, उहाँले भन्नुभयो– “किस्ता ढिलो गरी आए वडा कार्यालयले तिरेर उहाँको किस्ता आएपछि कटाएर लिने गरेका छाँै ।”

घुम्तीकोष शुरु भएपछि घर बनाउन आँट नगर्ने भूकम्पपीडित पनि घर बनाउन आतुर देखिएको वडाध्यक्ष गुरुङको भनाइ छ । घर निर्माणका लागि तीनवटै वडामा नेपाल आवास निर्माण परियोजनाले निःशुल्क नक्सा बनाइदिने, घर निर्माणको लागत, योजना र सामग्रीको छनोटसमेत गरिदिने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“नेकपाका गतिविधि आपराधिक र अराजनीतिक ” – वर्षमान पुन
“नेकपाका गतिविधि आपराधिक र अराजनीतिक ” – वर्षमान पुन
अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की
अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की
ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
आजको मौसमः कतै मेघ गर्जनसहित त कतै छिटफुट बर्षा हुने
आजको मौसमः कतै मेघ गर्जनसहित त कतै छिटफुट बर्षा हुने
जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता
जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता
‘थ्रेड’ जुलाई ६ मा लन्च हुने: मेटाको नयाँ एपले ट्विटरसँग प्रतिस्पर्धा गर्ने
‘थ्रेड’ जुलाई ६ मा लन्च हुने: मेटाको नयाँ एपले ट्विटरसँग प्रतिस्पर्धा गर्ने
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
प्रदेशसभा: कुन प्रदेशमा कसको कति सिट ?
प्रदेशसभा: कुन प्रदेशमा कसको कति सिट ?
चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो
चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग

तपाईंले छुटाउनुभयो कि?