कबिता – सरकार !

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
५१ पटक हेरिएको
Shares
कबिता – सरकार !

सारांश

  •   कबिता – सरकार   सरकार,  अरिङ्गाल झै अब को माथी  जाई लागुँ  बलात्कार पछि हत्या भएकि  निर्मलाको आमाबाबुमाथी जाईलागु कि  सक्कली अपराधी बचाउन  नक्कली अपराधी बनाईएका  निर्दोषमाथी जाईलागुँ सरकार ?
  • ?
  •  तपाईको अनुयायी म  जो सुकै माथी जाईलाग्न मन छ  तर अलिकति अलमलमा छु  बाटो नहेरी खाल्डाखुल्डी अगाडि   घ्याच्च घ्याच्च  ब्रेक लगाउदै गाडी र साईकल  चलाउने माथी जाईलागूँ कि  कम्युनिस्टको सरकार बन्यो भन्दैमा २ गुणा महङ्गीले बढ्दैमा आकाश नै झर्यो झै कोलाहल गर्दै समान  किन्न  किचकिच गर्ने  गरिब जनतामाथी जाईलागूँ सरकार ?
  कबिता – सरकार  
सरकार, 
अरिङ्गाल झै अब को माथी
 जाई लागुँ 
बलात्कार पछि हत्या भएकि
 निर्मलाको आमाबाबुमाथी जाईलागु कि 
सक्कली अपराधी बचाउन 
नक्कली अपराधी बनाईएका 
निर्दोषमाथी जाईलागुँ सरकार ??
 तपाईको अनुयायी म 
जो सुकै माथी जाईलाग्न मन छ 
तर अलिकति अलमलमा छु 
बाटो नहेरी खाल्डाखुल्डी अगाडि 
 घ्याच्च घ्याच्च 
ब्रेक लगाउदै गाडी र साईकल 
चलाउने माथी जाईलागूँ कि 
कम्युनिस्टको सरकार बन्यो भन्दैमा
२ गुणा महङ्गीले बढ्दैमा आकाश नै
झर्यो झै कोलाहल गर्दै समान  किन्न
 किचकिच गर्ने 
गरिब जनतामाथी जाईलागूँ सरकार ???
सिन्डिकेटको अन्त्य भयो भन्ने
 सुखबरले हौसिएका जनताहरु 
हात्ती आयो हात्ती फुस्स झै
परिणाम आएन भन्दै 
प्रचार गर्ने फेसबुकेहरुमाथी जाईलागुँ कि 
स्थायित्व , बिकाश र समृद्धिको 
नारा सुनेर बिश्वास गरेर तपाईंलाई 
भोट दिने मतादातामाथी जाईलागुँ सरकार ? 
कर्मचारी १-२ घण्टा ढिलो आयो वा चाडो गयो भनेर 
सरकारी ढिलासुस्ती र ब्यतिथी 
बिरुद्ध कलम चलाउने पत्रकारमाथी
जाईलागुँ कि देशै भरी बेरोजगारी भत्ता बाढ्दापनि 
परिवारलाई सुख दिन भन्दै बिदेशिएका 
 लाखौं युबाहरु फर्कदा आफन्तलाई ल्याएको सरसमान किन समातेको भन्दै बिमानस्थलमा झिटीगुन्टा ऐन माथी धावा बोल्ने
 युबामाथी जाईलागुँ सरकार ? जताततै सुशासन,  अमनचयन , 
राम राज्य हुँदा पनि केही भएन भनेर बकबक गर्ने 
केटौले बुद्धिजीवी माथी जाईलागुँ कि 
 एक बर्षमा नै लोकप्रियताको
पहाड चुमेको सरकारप्रति कटाक्ष गरि
गीत गाउने( पशुपति )माथी जाईलागुँ सरकार ? 
गरिब कर्मचारीरुको पनि बालबच्चा छन 
भन्ने सामान्य हेक्का नराखी 
सरकारी सुबिधा लिदा केही रकम टेबुलमुनिबाट कर्मचारीलाई
दिनु पर्यो भनेर बितण्डा मच्चाउने
सेबाग्रहीमाथी जाईलागुँ कि 
पखाला लाग्दा बिदेश दौडिने 
नेता भएको यो देश
 सिटामोलको माग गर्ने 
कर्णालीका जनतामाथी जाईलागु कि सरकार ?
आफुले उत्पादन गरेको तरकारी २ रुपैयाँमा 
पनि बिक्री भएन भनेर खेतमा डोजर लगाउने 
मूर्ख किसाननाथी जाईलागुँ कि बलियो र त्यति ठुलो 
छिमेकीसंग जंगे पिल्लर किन सारिस भन्दै सिमानामा पाखुरा सुर्किने पाखण्डिमाथी जाइलागुँ सरकार ? सरकारले नै गोठमा लगेर जबर्जस्ति गाई बाधी दिए जस्तै गरि 
दुधको उचित मुल्य पाईएन भन्दै  बाटोमा 
दूध पोख्ने लाटो कृषकमाथी जाईलागुँ कि आयोजनाको 
 काम अलपत्र पर्यो भन्दै ठेकेदारमाथी आन्दोलन 
गर्ने स्थानीयमाथी जाईलागुँ सरकार ??
 साँघुरो बाटोमा केही  गाह्रोसाह्रो हुन्छ भन्ने नसोची 
अस्तब्यस्त सबारी साधनको ज्याजती विरुद्ध आवाज उठाउने ७५ बर्से यात्रुमाथी जाईलागुँ कि 
निशुल्क भिसामा पनि लाख लाख तिर्नु 
पर्यो  भनेर केस गर्ने पीडितमाथी जाईलागुँ सरकार ??
को को माथी मात्रै जाईलागु सरकार 
अलिकति अलमलमा छु 
तपाईंको अनुयायी भएर सबका सबमाथी जाईलाग्न मन छ सरकार तर
#एउटै कामना छ #अनुरोध छ मेरो सरकार  तपाईं #जनताको मनमा बसिदिनु 
मात्र गरिब, दुखी र पीडितको मलम बनिदिनु 
सबैको प्यारो नानी बनिदिनु ………
 आहा मेरो सरकार भन्ने बनिदिनु …
#एक नारायण पौडेल 
भमनपा वाड न-१३

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
ओलीले सपनामा पनि चुनाव सारेको देख्नु हुन्छ: प्रधानमन्त्री देउवा
ओलीले सपनामा पनि चुनाव सारेको देख्नु हुन्छ: प्रधानमन्त्री देउवा
टिकटकको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ
टिकटकको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या
तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या
अप्रिलियाको नयाँ ‘एसआर १७५’ स्कुटर नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाख ५६ हजार ५००
अप्रिलियाको नयाँ ‘एसआर १७५’ स्कुटर नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाख ५६ हजार ५००
अनमोल केसी अभिनित ‘छड्के २’ को फस्ट लुक सार्वजनिक
अनमोल केसी अभिनित ‘छड्के २’ को फस्ट लुक सार्वजनिक
तत्काल पीसीआर परिक्षणको शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने
काठमाडौँमा अपहरण गरिएका बालकको हत्या
काठमाडौँमा अपहरण गरिएका बालकको हत्या
टी-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
टी-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै

तपाईंले छुटाउनुभयो कि?