काभ्रेपलाञ्चोकमा बर्डफ्लू चेक प्वाइन्ट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ५, २०७५
|
|
६९ पटक हेरिएको
Shares
काभ्रेपलाञ्चोकमा बर्डफ्लू चेक प्वाइन्ट

सारांश

  • काभ्रेपलाञ्चोक, ५ चैत  केन्द्रीय राजधानी काठमाडाँैलयागत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ ।
  • जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भन्ने उद्देश्यले मङ्गलटार, साँगा र नाला नाकामा बर्डफ्लूजन्य सङ्क्रमण चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन हुनेछ ।

काभ्रेपलाञ्चोक, ५ चैत  केन्द्रीय राजधानी काठमाडाँैलयागत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ ।

जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भन्ने उद्देश्यले मङ्गलटार, साँगा र नाला नाकामा बर्डफ्लूजन्य सङ्क्रमण चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन हुनेछ ।

नेपाल भेटेरिनरी एशोसिएशनले पक्षी स्वस्थ भएको चेक प्वाइन्टमा प्रमाणपत्रको जाँच गरेर मात्रै जिल्लामा भित्रिन दिनेछ । केन्द्र प्रमुख डा शाहले भन्नुभयो, “प्रहरी कार्यालयसँगै चेक प्वाइन्ट राखिनेछ, पक्षी स्वस्थ भएको प्रमाणपत्र नभए नाकाबाट भित्रिन दिइनेछैन ।”

केन्द्रले पूर्वी तराईबाट सिन्धुली हुँदै विपी राजमार्गमार्फत राजाधानी भित्रिने काभ्रेपलाञ्चोकको मङ्गलटार नाका, काठमाडाँैबाट जिल्ला भित्रिने साँगा नाका र भक्तपुरतर्फबाट भित्रिने नाला नाकामा चेक प्वाइन्ट राख्ने भएको हो । यसका लागि केन्द्रले स्थानीय तहलाई पत्राचार गरिसकेको केन्द्र प्रमुख डा शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “तोकिएका नाकामा आजैबाट जाँच शुरु गर्ने तयारीमा छौँ ।”

आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरालाई प्रोगशालामा पठाइनेछ । सरकारद्वारा विसं २०७४ मा जारी संशोधित आदेशमा बर्डफ्लू रोगको रोकथाम र नियन्त्रण गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समिति रहने उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘वाम गठबन्धनको दुई तिहाइको सपना चकनाचुर हुन्छ’
‘वाम गठबन्धनको दुई तिहाइको सपना चकनाचुर हुन्छ’
बलिउडबाट आफुलाई बाहिर फाल्न खोजेको कंगना रनौटको खुलाशा
बलिउडबाट आफुलाई बाहिर फाल्न खोजेको कंगना रनौटको खुलाशा
आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर
आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर
गण्डक-नारायणी जलमार्गको सम्भावना : अध्यक्ष प्रचण्ड
आजको मौसम : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना
राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा
राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
हिरासतमै पुगेर मानव अधिकारकर्मीले भेटे विप्लवका कार्यकर्ता
हिरासतमै पुगेर मानव अधिकारकर्मीले भेटे विप्लवका कार्यकर्ता
पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छः सभामुख महरा
कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने
कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने

तपाईंले छुटाउनुभयो कि?