पाँच निरीक्षक र छ परीक्षार्थी पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १३, २०७५
|
|
५६ पटक हेरिएको
Shares
पाँच निरीक्षक र छ परीक्षार्थी पक्राउ

सारांश

  • सप्तरी, १३ चैत  एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अराोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् ।
  • गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ ।
  • चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको आजको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताउनुभयो ।

सप्तरी, १३ चैत  एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अराोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ ।

चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको आजको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताउनुभयो । यसैगरी बमनगामा कट्टी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका तिलाठी कोइलाडी लौनियाका बुधेश्वर यादवलाई समेत मोबाइल प्रयोग गरेको पाइएपछि पक्राउ गरिएको छ ।

जनता मावि बसबिट्टीबाट परीक्षा दिइरहेका ह्याप्पीलैण्ड सेकेण्ड्री माविका अनिल साह र विमल दासलाई समेत आजको परीक्षा सकिने वित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ । पहिलो दिन फेला परेको मोबाइल उनीहरुको रहेको पत्ता लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मोबाइल प्रयोग गरी भाइबर, वाट्सअप र फेसबुकको चाट म्यासेञ्जरबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि उत्तर पुस्तिकामा उतार गर्ने गरिएको पाइएको छ । कमलेश्वरी किशुन झौलाई मावि वनरझुला केन्द्रमा मोबाइललगायत फ्लाप कपीबाट चिट चोराएको भेटिएपछि पाँचजना निरीक्षक पनि आजै पक्राउ परेका छन् ।

उक्त विद्यालयमा चिटका लागि प्रयोग भएको बेवारिसे मोबाइल समेत फेला परेको छ । चिट चोराउने कार्यमा संलग्न रहेको आरोपमा खडक नगरपालिका– ४ का देवनारायण मण्डल, खडक ९ का मनोजकुमार चौधरी र खडक– १० का रामसुन्दर चौधरी, सुरुङ्गा नगरपालिका–४ का लगेन्द्रप्रसाद चौधरी र सुरुङ्गा–८ का रामानन्द चौधरी पक्राउ परेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । परीक्षा अमर्यादित भएको विषयमा केन्द्राध्यक्ष रामअवतार गुप्तालाई समेत राजविराज झिकाइ सोधपुछ गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता
सुनकेशरी हेर्नुहोस ५ हजार पुरस्कार जित्नुहोस !
सुनकेशरी हेर्नुहोस ५ हजार पुरस्कार जित्नुहोस !
ठुलो संख्यामा कोरोना संक्रमित थपिए’ कुल संख्या साँढे १४ हजार नजिक
ठुलो संख्यामा कोरोना संक्रमित थपिए’ कुल संख्या साँढे १४ हजार नजिक
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एकसय एकतीस
चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एकसय एकतीस
ल्होसारको उपलक्ष्यमा सेतो गुम्बाका विविध कार्यक्रम
ल्होसारको उपलक्ष्यमा सेतो गुम्बाका विविध कार्यक्रम
भूकम्प प्रभावितको घर बनाइदिन्छौं : प्रधानमन्त्री प्रचण्ड
भूकम्प प्रभावितको घर बनाइदिन्छौं : प्रधानमन्त्री प्रचण्ड
अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!
अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!
काठमाडौं २ मा एमालेका माधव नेपाल विजयी, विवेकशील साझा तेस्रो स्थानमा
काठमाडौं २ मा एमालेका माधव नेपाल विजयी, विवेकशील साझा तेस्रो स्थानमा

तपाईंले छुटाउनुभयो कि?