राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ३, २०७६
|
|
४६ पटक हेरिएको
Shares
राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?

सारांश

  • काठमाडौं, २ बैशाख ।
  • पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय पोशाक गुन्यूचोली, दौरा, सुरुवाल कुनै जाति र धर्मका मानिसको नभएर आम नेपालीको पहिचान भएको बताएका छन् ।
  • राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गुन्यूचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

काठमाडौं, २ बैशाख । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय पोशाक गुन्यूचोली, दौरा, सुरुवाल कुनै जाति र धर्मका मानिसको नभएर आम नेपालीको पहिचान भएको बताएका छन् ।

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गुन्यूचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । अध्यक्ष थापाले भने, ‘‘राष्ट्रिय पोशाक कुनै जाति र धर्मका मानिसको मात्रै हो भन्ने भ्रम छरिएको छ । यस्ता भ्रम चिर्नु आवश्यक छ । नेपालका बहुसंख्यक जनताले स्वीकार गरेको र बर्षौंदेखि चलिआएको पोशासक कसैलाई चित्त नबुझदैमा हटाउने र कसैलाई मन लागेमा राख्ने भन्ने हुँदैन ।’’

कार्यक्रममा बोल्दै अभियानकी संयोजक लक्ष्मी भद्रा ओझाले गुन्यूचोली नेपालको साँस्कृतिक पोशाक भएको दाबी गरिन् । उनले भनिन्, ‘‘नेपाली पोशाक हाम्रो संस्कार र संस्कृतिसँग जोडिएको छ, । यद्यपि पछिल्लो समयमा हाम्रा रीतिरिवाज, संस्कार क्रमशः लोप हुँदै गएकोले राष्ट्रिय सचेतना अभियानको शुरु गर्नुपर्ने अवस्था आएको छ ।’’

गुन्यूचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले दोस्रो वार्षिकोत्सवमा अभियन्ता मोहना क्षेत्री, दीपा सापकोटा, शान्ति केसी, विजयता नेपाल, आशा दाहाल लगायत सञ्चारकर्मीहरुलाई सम्मान पनि गरेको थियो । उक्त सम्मेलनमा देशभरबाट करिव ३ सयभन्दा बढी सहभागी छन् । हालसम्म यो अभियानमा स्वतःस्फुर्तरुपमा ७ हजार महिलाहरु अभियानबद्ध भएको अभियानकी सदस्य दीपा सापकोटाले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेटर सन्दिप लामिछानेलाई अर्को सफलता ७५ लाखमा बिग बास खेल्दै
क्रिकेटर सन्दिप लामिछानेलाई अर्को सफलता ७५ लाखमा बिग बास खेल्दै
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
लकडाउन एक हप्ता थपिदै
लकडाउन एक हप्ता थपिदै
अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन
अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन
फुसको छाना हटाउँदै शिवराज नगरपालिका
फुसको छाना हटाउँदै शिवराज नगरपालिका
‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी
‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी
शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग
राष्ट्रसङ्घले यौन दुर्व्यवहारको आरोपमा नौ शान्ति सैनिकलाई फिर्ता गर्दै
राष्ट्रसङ्घले यौन दुर्व्यवहारको आरोपमा नौ शान्ति सैनिकलाई फिर्ता गर्दै
मन्त्रीहरू सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला सुन छ?
मन्त्रीहरू सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला सुन छ?
जनताको कामको नेतृत्व लिन्छु- रामचन्द्र झा
जनताको कामको नेतृत्व लिन्छु- रामचन्द्र झा

तपाईंले छुटाउनुभयो कि?