नेकपा महासचिव विष्णु पौडेललाई फसाउँने ललिता निवास हो त ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ८, २०७६
|
|
६२ पटक हेरिएको
Shares
नेकपा महासचिव विष्णु पौडेललाई फसाउँने ललिता निवास हो त ?

सारांश

  • बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा सार्ने डिल्लीबजार मालपोत कार्यालयको कामलाई वैधता दिने गरी निर्णय गरेको खुलेपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसमेत विवादमा मुछिएका छन् ।
  • योभन्दा बढि विवादमा नेकपाका महासचिव विष्णु पौडेल मुछिएका छन् ।
  • पैसा तिरेर किनेको जग्गाले पौडेलेको मात्रै होइन, सरकार र नेकपालाईसमेत टाउको दुखाएको छ ।

बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा सार्ने डिल्लीबजार मालपोत कार्यालयको कामलाई वैधता दिने गरी निर्णय गरेको खुलेपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसमेत विवादमा मुछिएका छन् ।

योभन्दा बढि विवादमा नेकपाका महासचिव विष्णु पौडेल मुछिएका छन् । पैसा तिरेर किनेको जग्गाले पौडेलेको मात्रै होइन, सरकार र नेकपालाईसमेत टाउको दुखाएको छ । जग्गा विवादबारे श्रृखलावद्ध रुपमा समाचाहरु लेखिरहेका छौँ । अहिले भने ललिता निवासको इतिहास प्रस्तुत गर्दैछाँै ।

राजनीतिक दलका शीर्ष नेता नै वालुवाटारको सरकारी जग्गा हत्याउन संलग्न भएको भन्दै आलोचना पनि बढिरहेको छ । आखिर प्रधानमन्त्री कार्यालय हल्लाउने ललिता निवास के हो ?

यतिबेला बालुवाटारको प्रधानमन्त्री सरकारी निवास, नेपाल राष्ट्र बैंक, सभामुख निवास, एनआरएन भवन, भाटभटेनी सुपरमार्केट,लगायतका सरकारी तथा निजी मुख्य भवन तथा निकायहरु रहेको ललिता निवास परिसर चरम विवादको चक्रव्युहमा फसेको छ । २०२१ सालमा राजा महेन्द्रले जफत गरेको बालुवाटारस्थित ललिता निवास परिसरको जग्गाको भोगचलन सरकारी हुनुपर्नेमा व्यक्तिका नाममा आएको पाइएपछि चर्चा र बहस चुलिएको हो ।

राजधानीको मुटु मानिने बालुवाटारमा २ सय ९९ रोपनी जग्गामा फैलिएको ललिता निवास परिसर श्री ३ भीमशमशेरका छोरा हिरण्यशमशेर, र हिरण्यका छोरा सुवर्णशमशेरको दरबार हो । सुवर्ण शमशेर राणा शासनका छैटौ श्री ३ तथा १४ औं प्रधानमन्त्री भिम समशेरका नाती हुन् । नेपालमा प्रजातन्त्र प्राप्तिपछि सुवर्ण शमसेरले आफ्नी आमाको नाममा ललिता निवास दरबार स्थापना गरेको इतिहास छ ।

प्रजातन्त्रका क्रान्तिकारी नायक २००७ सालको संयुक्त सरकारमा अर्थमन्त्री भएर नेपालको पहिलो बजेट प्रस्तुत गरेका थिए । २०१६ सालमा विश्वेश्वर प्रसाद कोईरालाको नेतृत्वको बनेको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए ।

तर, २०१७ साल पुष १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार र प्रीतनिधिसभा भंग गरी पञ्चायतकाल लागू गरेपछि शुवर्ण समशेर राजा महेन्द्रको तानाशाही कदम विरुद्ध प्रजातन्त्र पुःन स्थापनका लागि शषस्त्र शंघर्षको नेतृत्वदायि भूमिका निर्वाह गर्न पुगेका थिए । नेपालमा प्रजातन्त्र ल्याउनका लागि विपी कोईरालासँग मिलेर उनी क्रान्तिमा होमिएका थिए ।

सोही कारण निरंकुश पञ्चायती सरकारले उनको आमाको नाममा रहेको बालुवाटारको ललिता निवास दरबार जफत गर्न पुगेको थियो । विक्रम सम्बत १९६७ सालमा जन्मेका उनको प्रजातन्त्र पुनस्थापनका लागि लड्दा लड्दै २०३४ सालमा ६७ बर्षको उमेरमा कलकत्तामा निधन भएको थियो । उनी हुदै ललिता निवासभित्रको जग्गा अधिग्रहणमा पर्न गयो ।

अधिग्रहण गरिएकामध्ये सुवर्णशमशेर र उनका छोरा कञ्चन शमशेरको १४ रोपनी ११ आना जग्गा राजनीतिक कारण जफत गरिएको जग्गा पर्न गएको थियो भने बाँकी जग्गाको क्षतिपूर्ति दिएर अधिग्रहण गरिएको थियो । तर, सरकारले २०१७ सालपछि प्रजातन्त्र पुनःस्थापनाका लागि भएको संघर्षमा संलग्न व्यक्तिहरूको जफत गरिएको भनिएको जग्गा १४ जेठ २०४७ को मन्त्रिपरिषद् बैठकले फिर्ता गर्ने निर्णय गरेको थियो ।

तर, मुआब्जा दिएर लालमोहर लगाई अधिग्रहण गरेको ललिता निवास परिसरको करिब १ सय १४ रोपनी जग्गा २०४७ देखि २०७३ सम्मको अवधिमा विभिन्न व्यक्तिको नाममा नामसारी गरिएको पाइएपछि यतिखेर यो विवाद चरम उत्कर्षमा पुगेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास, कांग्रेस आगो
मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास, कांग्रेस आगो
राष्टपति भण्डारी अध्यादेश जारी गर्ने तयारीमा
राष्टपति भण्डारी अध्यादेश जारी गर्ने तयारीमा
प्रदेश सभामुख अधिकारीलाई महराद्वारा स्वास्थ्यलाभको कामना
प्रदेश सभामुख अधिकारीलाई महराद्वारा स्वास्थ्यलाभको कामना
वास्तविक उमेरभन्दा ४० वर्ष कान्छी देखिन्छिन् यी महिला, के होला रहस्य ?
वास्तविक उमेरभन्दा ४० वर्ष कान्छी देखिन्छिन् यी महिला, के होला रहस्य ?
टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित
टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी
एउटा अनौठो सर्पले भैंसी र गोरुलाई समेत घाइते बनायो
नयाँ अर्थमन्त्रीलाई पूर्वप्रधानमन्त्री बाबुरामले दिए यस्तो कडा सुझाव
नयाँ अर्थमन्त्रीलाई पूर्वप्रधानमन्त्री बाबुरामले दिए यस्तो कडा सुझाव
नेपाली युवाद्वारा युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण
नेपाली युवाद्वारा युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण
सिंहदरबार छिर्न कडाइ, गृहमा क्यामेरा निषेध | रिपोर्टर्स नेपाल
सिंहदरबार छिर्न कडाइ, गृहमा क्यामेरा निषेध | रिपोर्टर्स नेपाल

तपाईंले छुटाउनुभयो कि?