कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि: मन्त्री केसी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
५९ पटक हेरिएको
Shares
कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि: मन्त्री केसी

सारांश

  • सुर्खेत, २० वैशाख ।
  • कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ ।
  • सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन कार्य क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका केसीले प्राङ्गारिक कृषिका माध्यमबाट कर्णालीको गरीबी अन्त्य गरिने बताउनुभयो ।

सुर्खेत, २० वैशाख । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन कार्य क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका केसीले प्राङ्गारिक कृषिका माध्यमबाट कर्णालीको गरीबी अन्त्य गरिने बताउनुभयो । प्रदेश सरकारले आगामी आवदेखि प्रदेशका गरीब किसानको जीवनस्तर माथि उठ्ने कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ थियो ।

मन्त्री केसीले वास्तविक कृषकको सुझाव लिएर प्रदेशको कृषि नीति बनाउने र त्यसैको आधारमा बजेट तथा कार्यक्रम निर्माण हुने विश्वास दिलाउनुभयो । आगामी दिनमा गरीब किसानले प्राप्त गर्नसक्ने अनुदानको कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

चना केन्द्रको विकास

मन्त्री केसीले कर्णालीको स्थानीय उत्पादनको बारेमा जानकारी लिन सूचना केन्द्रको विकास गर्नुपर्ने बताउनुभयो । कर्णाली प्रदेशको भूगोल सुहाउँदो उत्पादनको जानकारी लिने खालको सूचना केन्द्र बनाउनुपर्ने उहाँको धारणा थियो । कर्णालीमा अब स्थानीय उत्पादनको वृद्धि गर्ने योजना जरुरी भएको उहाँले औँल्याउनुभयो । किसानले उत्पादन गरेका वस्तुको बजारीकरण प्रदेश सरकारले गर्ने मन्त्री केसीको भनाइ थियो ।

कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर खत्रीले किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्ने वातावरण निर्माण गरिदिन मन्त्री केसीसँग आग्रह गर्नुभयो । स्थानीय तथा प्रदेश सरकारले कृषिमा आकर्षण बढ्ने खालका कार्यक्रम सञ्चालन गर्न सके मात्रै वास्तविक किसानको जीवनस्तर माथि उठ्ने भन्दै किसानमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने खत्रीले बताउनुभयो । अध्यक्ष खत्रीले कर्णालीको भूगोलअनुसारको उत्पादनको पकेट निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शीतभण्डार बनाउन माग

सुर्खेतका कृषकले प्रदेश राजधानी भएको वीरेन्द्रनगरमा सुविधासम्पन्न शीतभण्डार निमार्ण गर्न माग गरेका छन् । वीरेन्द्रनगरमा शीतभण्डारको व्यवस्था भए केही समय कर्णालीकै स्थानीय उत्पादन खान पाइने वीरेन्द्रनगरका पर्वल शाहीले बताउनुभयो । “शीतभण्डार भए जुम्लाका स्याउ र दैलेख तथा जाजरकोटका सुन्तला केही समय खाना पाइन्थ्यो, अहिले शीतभण्डार छैन, छिट्टै बिग्रिन्छ अनि बाहिरको वस्तु खानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

कर्णालीको स्थानीय उत्पादनलाई जोगाइराख्न समस्या भएकाले बाहिरबाट आयात गर्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । कर्णालीमा स्थानीय उत्पादन वृद्धि गरी भण्डारण गर्न पनि शीतभण्डारको आवश्यकता भएको शाहीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक प्रहरी नायव निरीक्षक  अख्तियारकाे फन्दामा
ट्राफिक प्रहरी नायव निरीक्षक अख्तियारकाे फन्दामा
काभ्रे खानीखोलामा गठबन्धनबाट माओवादीको अग्रता
काभ्रे खानीखोलामा गठबन्धनबाट माओवादीको अग्रता
जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !
जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !
महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे
महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे
चुकन्दरको जुस पिउँदा स्वास्थ्यलाई अचम्मको फाइदा : थाहा पाउँदा छक्क पर्नुहुनेछ
चुकन्दरको जुस पिउँदा स्वास्थ्यलाई अचम्मको फाइदा : थाहा पाउँदा छक्क पर्नुहुनेछ
प्रहरी महानिरीक्षक सर्वेन्द्रले चितवनमा भने किराहरु अब अट्दैनन् !
प्रहरी महानिरीक्षक सर्वेन्द्रले चितवनमा भने किराहरु अब अट्दैनन् !
भारतमा फेरी अर्को बाबाको कर्तुत बाहिरियो
भारतमा फेरी अर्को बाबाको कर्तुत बाहिरियो
प्रतिभा प्रस्फुटन गर्ने माध्यम टिकटक
प्रतिभा प्रस्फुटन गर्ने माध्यम टिकटक
अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र
अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र
सिक्स ‘ए’ साइड भेट्रान कप फुटबल आजदेखि !
सिक्स ‘ए’ साइड भेट्रान कप फुटबल आजदेखि !

तपाईंले छुटाउनुभयो कि?