श्रीमतीसँग झगडा भएपछि १० महिने छोरीलाई बाउले जिउँदै जलाए
सारांश
- काठमाडौं ।
- दार्चुलामा श्रीमतीसँग झगडा हुँदा एक बाउले १० महिनाकी छोरीलाई जिउँदै जलाएर मारेका छन् ।
- दार्चुलाको ब्याँस गाउँपालिका ५ चुकपानीका नविन बिष्टले आफ्नै छोरीलाई जिउँदै जलाएर हत्या गरेको प्रहरीले जनाएका छ ।
काठमाडौं । दार्चुलामा श्रीमतीसँग झगडा हुँदा एक बाउले १० महिनाकी छोरीलाई जिउँदै जलाएर मारेका छन् । दार्चुलाको ब्याँस गाउँपालिका ५ चुकपानीका नविन बिष्टले आफ्नै छोरीलाई जिउँदै जलाएर हत्या गरेको प्रहरीले जनाएका छ ।
श्रीमतीसँग सुनको विषयमा झगडा भएपछि विष्टले १० महिनाकी छोरी अनुस्कालाई जलाएर मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
२४ वर्षीय नविनले बिहीबार राति १० बजे घरनजिकैको सुकेको खरको थुप्रोभित्र छोरीलाई राखेर बाहिरबाट आगो लगाएको प्रहरीलाई बयान दिएका छन् ।
छोरीलाई जलाएर भाग्दै गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाइ खबर गरेका थिए ।
प्रहरीले बुबा र आमा दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिएको छ । नविनकी श्रीमतीले आफ्नी दिदीको एक तोला सुन चोरेर ल्याएको र दिदीलाई सुनको पैसा तिर्ने विषयमा झगडा भएको भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया