ए डिभिजन फुटबल : जाउलाखेल र सङ्कटाको खेल बराबरीमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १७, २०८०
|
|
५४ पटक हेरिएको
Shares
ए डिभिजन फुटबल : जाउलाखेल र सङ्कटाको खेल बराबरीमा

सारांश

  • काठमाडौं ।
  • सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
  • सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो ।

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो ।

खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी खेलाडी फोडे फोफानाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । जाउलाखेलको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७३औँ मिनेटमा सङ्कटाका खेलाडी निशान खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस बराबरी खेलसँगै जावलाखेलले १३ खेलमा २४ अङ्क जोडेको छ । जावलाखेल अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १३ खेल नै खेलको सङ्कटा १६ अङ्क जोडेर अङ्क तालिकाको ११ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अश्लील भिडियो बनाई पैसा ठग्ने पक्राउ
अश्लील भिडियो बनाई पैसा ठग्ने पक्राउ
सुनको मुल्य घट्यो, प्रतितोला ९२ हजार
सुनको मुल्य घट्यो, प्रतितोला ९२ हजार
सुनामी र भूकम्पले क्षतिग्रस्त इण्डोनेशियाका डरलाग्दा तस्वीर
सुनामी र भूकम्पले क्षतिग्रस्त इण्डोनेशियाका डरलाग्दा तस्वीर
यसकारण फ्रिजको चिसो पानीसीधै नपिउँनुस्
यसकारण फ्रिजको चिसो पानीसीधै नपिउँनुस्
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
सरकारी कार्यालयकै भवनमापदण्ड विपरीत, सम्बन्धित निकाय मौन
सरकारी कार्यालयकै भवनमापदण्ड विपरीत, सम्बन्धित निकाय मौन
कांग्रेस नेता लेखकको प्रश्न “प्रतिनिधीसभाको गठन नभै सडकबाट सरकार बन्छ ? ”
कांग्रेस नेता लेखकको प्रश्न “प्रतिनिधीसभाको गठन नभै सडकबाट सरकार बन्छ ? ”
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
गृहमन्त्रालयमा केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक
गृहमन्त्रालयमा केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक
“संसार भर छरिएका पर्बतेलिहरु दुबईमा भेला हुने”
“संसार भर छरिएका पर्बतेलिहरु दुबईमा भेला हुने”

तपाईंले छुटाउनुभयो कि?