सिपाडोलमा ३ लाख लिटरको पानी ट्यांकी बन्ने

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १९, २०७६
|
|
५२ पटक हेरिएको
Shares
सिपाडोलमा ३ लाख लिटरको पानी ट्यांकी बन्ने

सारांश

  • भक्तपुर ।
  • खानेपानी मन्त्री बिना मगरले भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर ८ स्थित सिपाडोलमा ३ लाख लिटर क्षमताको पानी ट्याङ्कीको आज शनिबार शिलान्यास गर्नु भएको छ ।
  • सिपाडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सक्रियतामा बन्न लागेको उक्त पानी ट्याङ्कीको शिलान्यास खानेपानी मन्त्री मगरले एक समारोहका बीच गर्नु भएको हो ।

भक्तपुर । खानेपानी मन्त्री बिना मगरले भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर ८ स्थित सिपाडोलमा ३ लाख लिटर क्षमताको पानी ट्याङ्कीको आज शनिबार शिलान्यास गर्नु भएको छ । सिपाडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सक्रियतामा बन्न लागेको उक्त पानी ट्याङ्कीको शिलान्यास खानेपानी मन्त्री मगरले एक समारोहका बीच गर्नु भएको हो ।

उपभोक्ता समितिले स्थानीयहरुको लगानी रहेको सिपाडोल बचत तथा ऋण सहकारी संस्था र सूर्य विनायक नगरपालिकाको संयुक्त लगानीमा पानी ट्याङ्की निर्माण गर्न लागेको हो । खानेपानी आयोजनामा सहकारीको लगानी रहेकोले यो नै अबको नयाँ मोडालिटी हुने समितिको भनाइ छ ।

उक्त ट्याङ्कीको कूल लागत ६५ लाख रहने समितिले जनाएको छ । पानी ट्याङ्की निर्माण सम्पन्न भैसके पछि करिब १५ हजार जनसंख्या खानेपानीबाट लाभान्वित हुनेछन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पु(याउन सरकार योजना बनाएर अघि बढीरहेको बताउनुभयो ।

मन्त्री मगरले भन्नु भयो, “खानेपानीको क्षेत्रमा देशै भरी उपभोक्ता समितिहरुको लगानी रहेको छ । त्यसमा राज्यको पनि लगानी हुन्छ । कतिपय अवस्थामा खानेपानीका लागि लगानी जुटाउनु पर्ने चुनौती रहेकोे बेला सहकारीले यसरी लगानी गर्दा आयोजना अगाडि बढाउन र्गाहो हुँदैन । यो सोच र मोडालिटी खानेपानीको लागि उपयोगी हुनेछ । “

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले खानेपानीको लागि यसरी गरिने सामुहिक लगानी अति महत्त्वपूर्ण रहेकोे बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची पहिरामा हराएका आठ शव फेला : सिन्धुपाल्चोकमा पहिराले पुरेर १० को मृत्यु
बढ्यो आगलागी : दमकललाई भ्याइनभ्याइ
बिन्ती कुमार र शान्तिश्री परियारले ल्याए घुम्दै घुम्दै आको गीतको भिडियो
बिन्ती कुमार र शान्तिश्री परियारले ल्याए घुम्दै घुम्दै आको गीतको भिडियो
सरकारको निर्णय : हावाहुरीमा प्रभावितलाई  कुनै कुराको कमी हुन नदिने
सरकारको निर्णय : हावाहुरीमा प्रभावितलाई कुनै कुराको कमी हुन नदिने
कांग्रेस नेता भण्डारीको सफल शल्यक्रिया
कांग्रेस नेता भण्डारीको सफल शल्यक्रिया
‘प्रदेशमाथि सिंहदरबार तनाशाह बन्नु हुँदैन’
‘प्रदेशमाथि सिंहदरबार तनाशाह बन्नु हुँदैन’
प्रधानमन्त्रीले श्रम सङ्गठन सम्मेलनलाई सम्बोधन गर्नुहुने
प्रधानमन्त्रीले श्रम सङ्गठन सम्मेलनलाई सम्बोधन गर्नुहुने
पुवाँर खड्का सेवा समाज उदयपुरको साधारण सभा सम्पन्न
पुवाँर खड्का सेवा समाज उदयपुरको साधारण सभा सम्पन्न
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
सन्दिप लामिछानेले आईपीएल खेल्ने,  दिल्ली डेयरडेभिल्सले  २० लाखमा किन्यो
सन्दिप लामिछानेले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले २० लाखमा किन्यो

तपाईंले छुटाउनुभयो कि?