मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00
मुम्बई। जम्मू कश्मीरको पुलवामामा १४ फेब्रुअरीमा भएको आतंकवादी हमलामा परी ४० जना भन्दा धेरै सुरक्षाकर्मीको मृत्यु भएको थियो। यतिमात्र नभई जम्मू कश्मिरका वासिन्दाहरु पनि आतंकवादी हमलाबाट डराइरहेका छन्। उनीहरु आफ्नो मर्जीले काम गर्न पनि नसक्ने अवस्था सिर्जना भएको छ। उनीहरु कतिसम्म डराइरहेका छन् भन्ने अवस्था भारतको एक सिंगिंग रियालिटी शो मा देखिएको छ। 
यतीबेला सामाजिक संजालमा अहिले एक भिडियो भाईरल भइरहेको छ। भिडियोमा एक कश्मिरी प्रतिश्पर्धी प्रस्तुतीकालार्गि  स्टेजमा जाँदा आफ्नो अनुहार देखाउनबाट अस्वीकार गरेको देखिएको छ। ती व्यक्तिले शो मा ‘तेरा नाम इश्क’ बोलको गीत गाएका छन्। त्यो समय स्टेजमा अध्याँरो पारिएको छ। जसको कारण कसैले पनि उसको अनुहार देख्न सक्दैनन्। 
गीत गाईसकेपछि शो की जज किन अध्याँरो पारेको भनि सोधेको प्रश्नमा ती व्यक्तिले भने–‘म जम्मू कश्मिरको एक यस्तो ठाउँबाट आएको हुं, जहाँ एकदमै आतंकवादी हमला हुने गर्छ। यदि मैले आफ्नो अनुहार देखाएं भने मेरो परिवारलाई समस्या पर्न सक्छ।’ 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?