प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
५८ पटक हेरिएको
Shares
प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल

सारांश

  • २१ मंसिर, दाङ ।
  • नेकपा एमालेका नेता शंकर पोखरेलले प्रदेश नम्बर पाँचको मुख्यमन्त्रीमा आफ्नो विकल्प नभएको बताएका छन् ।
  • दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री बनाउने औपचारिकता पूरा गर्न मात्र बाँकी रहेको बताए ।

२१ मंसिर, दाङ । नेकपा एमालेका नेता शंकर पोखरेलले प्रदेश नम्बर पाँचको मुख्यमन्त्रीमा आफ्नो विकल्प नभएको बताएका छन् ।

दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री बनाउने औपचारिकता पूरा गर्न मात्र बाँकी रहेको बताए ।

दाङको घोराहीमा  कुरा गर्दै नेता पोखरेलले भने, ‘प्रचण्डको प्रस्ताव र पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन बनिसकेपछि प्रक्रियाको हिसाबले औपचारिकता त बाँकी छन् तर अरु ठूलो कुनै कुरा छैन । सातवटा प्रदेशहरुमध्ये यो एउटा मात्रै यस्तो प्रदेश हो जहाँ नेतृत्वको प्रश्न आधारभूतरुपमा टुंगिएको छ ।’

देशभर जस्तै दाङमा पनि एमाले र माओवादी मिलेर चुनाव लडेका छन् । पोखरेल दाङ क्षेत्र नम्बर २ -क)बाट प्रदेशसभामा र  माओवादी नेता कृष्णबहादुर महरा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् ।

नेता पोखरेलले दाङमा वाम गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित रहेको दावीसमेत गरे ।

‘देशभरै वामपन्थीको लहर छ । दाङमा दुईवटा ठूला पार्टीहरु बीचको तालमेलले गर्दा विजयको सन्दर्भमा कुनै प्रश्न छैन,’ पोखरेलले भने, ‘प्रदेशको नेतृत्व गर्ने गरी मैले जुन प्रकारको जिम्मेवारी प्राप्त गरेको छु । कति लोकपि्रय मतका साथ दंगाली जनताले पठाउनुहुन्छ भन्ने प्रश्न नै यतिबेला मुख्य हो । मुलतः वाम उम्मेदवारले कति मत प्राप्त गर्छन् भन्ने प्रश्न मुख्य हो ।’

उनले चुनावमा आफ्नो प्रतिस्पर्धा अरु कोही नभएर आफैसँग भएको बताए ।

‘मेरो प्रतिस्पर्धी म आफै हुँ । किनकी मैले जनतालाई कति कुरा बुझाउन सक्छु त्यसका आधारमा परिणाम प्राप्त हुन्छ । हाम्रा एजेण्डा यति प्रभावकारी छन् कि जति हामी जनताको बीचमा पुग्न सक्छौं त्यति नै जनताको मत प्राप्त गर्छौं,’ उनले भने ।

उनले वाम गठबन्धनले राजनीतिलाई नयाँ मोडमा लैजानेसमेत बताए । माओवादी नेता महरा र आफू मिलेर दाङ जिल्लामात्र नभइ पाँच नम्बर प्रदेशलाई समृद्धिमा लैजाने बताए ।

पोखरेलले भने, ‘पाँच नम्बर प्रदेश भूराजनीतिक हिसाबले अत्यन्त महत्वपूर्ण प्रदेश बन्न पुगेको छ । पहाड र तराई जोडिएको सबैभन्दा चर्चाको केन्द्रविन्दु बनेको छ । त्यसको नेतृत्वको जिम्मेवारी प्रमुख नेताहरुले मलाई सुम्पनु भएको छ । त्यो च्यालेन्जलाई मैले आत्मसाथ गरेको छु ।’

उनले थपे, ‘दाङको एकीकृत विकासका लागि हाम्रा केही सोचहरु छन् । मुलतः कृष्णबहादुर महरा जी र म मिलेर विकसित र समृद्ध दाङ निर्माण गर्ने संकल्प गरेका छौं । यो परिप्रेक्ष्यमा जनताको साझा उम्मेदवारको रुपमा हामी स्वीकार्य छौं ।’

दाङलाई प्रदेश ५ को राजधानी बनाउने आफूहरुको अठोट रहेको र त्यसलाई पूरा गर्ने पोखरेलले बताए ।

मध्यपश्चिममै दाङमा मात्र दुईवटा उपमहानगरपालिका भएको, सबैभन्दा सुरक्षित उपत्यका भएको, रुकुमदेखि मर्चवार र बर्दियादेखि नवलपुरसम्मको केन्द्रमा परेको, मानव बसोबासका लागि उपयुक्त भएको र भौतिक पूर्वाधार पनि भएकाले प्रदेश नम्बर ५ को राजधानी दाङ नै उपयुक्त भएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
विसं २०७५ कानून निर्माणमा सफल वर्षः मन्त्री ढकाल
विसं २०७५ कानून निर्माणमा सफल वर्षः मन्त्री ढकाल
निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगको सरकारलाई निर्देशन
निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगको सरकारलाई निर्देशन
प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव
प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव
सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी
सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी
हावाहुरीसहित वर्षाको सम्भावना
हावाहुरीसहित वर्षाको सम्भावना
झलनाथ खनाललाई कोरोना संक्रमण
झलनाथ खनाललाई कोरोना संक्रमण
विद्यालय जाने उमेर कटेका २० महिला विद्यालय जाँदै
विद्यालय जाने उमेर कटेका २० महिला विद्यालय जाँदै
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छः उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छः उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
नन्द भाउजुको सेलरोटी उद्यम
नन्द भाउजुको सेलरोटी उद्यम

तपाईंले छुटाउनुभयो कि?