समृद्धिको परिणामले कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुन्छः अध्यक्ष प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १९, २०७६
|
|
६० पटक हेरिएको
Shares
समृद्धिको परिणामले कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुन्छः अध्यक्ष प्रचण्ड

सारांश

  • काठमाडौं।
  • नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समृद्धिको परिणाम जति चाँडो जनतालाई दिन सक्यो त्यति नै कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुने बताएका छन्।
  • विप्लव समूह परित्याग गर्दै आइतबार नेकपामा प्रवेश गरेका पदम राईलाई पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

काठमाडौं। नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समृद्धिको परिणाम जति चाँडो जनतालाई दिन सक्यो त्यति नै कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुने बताएका छन्। विप्लव समूह परित्याग गर्दै आइतबार नेकपामा प्रवेश गरेका पदम राईलाई पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘कम्युनिष्ट पार्टीकै नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्ने संभावना छ। नेपालमा मात्र शान्तिपूर्ण रुपले समृद्धि कायम गरेर समाजवादमा जाने सम्भावना पैदा भएको छ,’ उनले भने, ‘यो संभावना सजिलै पैदा भएको होइन । यो लामो संघर्ष र बलिदानको श्रृंखलाको बीचबाट नै अहिले नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भयो। ’

अध्यक्षले अहिलेको नेपालको परिस्थिति नितान्त भिन्न परिस्थिति भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘पार्टीले समाजवादको उद्देश्य र आधार तयार गर्नका लागि नीति तथा कार्यक्रम र बजेटमा उत्पीडित जाति र क्षेत्रलाई सम्बोधन गर्ने जमार्को गरेका छौं।’ भने जस्तो पूर्ण भन्न नसकिए पनि सामाजिक सुरक्षा र सामाजिक न्याय सहितको विकासको नयाँ मोडल तिर जाने र समाजवादको तयारी गर्न खोजेको अध्यक्षको भनाई थियो।

विप्लव समूहले लिएको बाटो गन्तव्यमा पुग्ने बाटो नभएको तर्क गर्दै अध्यक्ष प्रचण्डले एक दिन विप्लव पनि यही समूहमा आएर जोडिने बताए। जनयुद्धकाल र अहिलेको परिस्थिति फरक भएको तर्क गर्दै अध्यक्ष प्रचण्डले आफूले लडेर ल्याएका उपलब्धिलाई रक्षा गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीको जीवनी तेह्रथुमदेखि बालुवाटारसम्म
केपी ओलीको जीवनी तेह्रथुमदेखि बालुवाटारसम्म
पर्यटकको भेषमा नेपालमा आईएस भित्रिरहेको हुनसक्छः गृह राज्यमन्त्री
पर्यटकको भेषमा नेपालमा आईएस भित्रिरहेको हुनसक्छः गृह राज्यमन्त्री
संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह
संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह
काठमाडौँ ल्याइयो ज्यान गुमाएका ६ जनाको शव
काठमाडौँ ल्याइयो ज्यान गुमाएका ६ जनाको शव
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म
नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै
नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै
मौसम पूर्वानुमान : तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने
मौसम पूर्वानुमान : तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
कांग्रेसले  बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….
कांग्रेसले बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….
हेर्नुहोस सबै भन्दा धेरै चलेका बलिउडका १० फिल्म !
हेर्नुहोस सबै भन्दा धेरै चलेका बलिउडका १० फिल्म !

तपाईंले छुटाउनुभयो कि?