‘हिमालयन ट्राभल मार्ट’ आजदेखि : ४३ देशको सहभागिता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ २३, २०७६
|
|
५८ पटक हेरिएको
Shares
‘हिमालयन ट्राभल मार्ट’ आजदेखि : ४३ देशको सहभागिता

सारांश

  • काठमाडौँ, २३ जेठ ( नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हुदैछ ।
  • पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
  • नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुने मार्टको आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

काठमाडौँ, २३ जेठ ( नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हुदैछ । पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुने मार्टको आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । सोल्टी क्राउन प्लाजामा यही जेठ २६ गतेसम्म चल्ने मार्टमा ४३ देशका करीब ७०० ले सहभागिता जनाउने मार्ट आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएसन ९पाटा० नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताउनुभयो ।

सन् २०१७ देखि वार्षिक कार्यक्रमका रुपमा आयोजना हुँदै आएको मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने सशक्त ब्राण्डका रुपमा विकसित हुदैँ गएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा पाटा नेपाल च्याप्टरले मार्ट आयोजना गर्न लागेको हो ।मार्टअन्तर्गत यस पटक व्यवसायीसँग व्यवसायी ९बीटुबी० मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र छ मुलुक ९नेपाल, भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड० बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाउने पाटा नेपालले जनाएको छ ।

नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्ने उपयुक्त थलोका रुपमा ट्राभल मार्ट स्थापित भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो । मार्टमा सहभागिता जनाउने सबै विदेशी पाहुना बुधबारसम्म नेपाल आइसकेका पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले जानकारी दिनुभयो । मार्टमा प्रमुख वक्ताका रुपमा विश्वविख्यात हिमाल आरोही डक स्कट रहनेछन् ।यस्तै अन्य दुई दर्जन राष्ट्रिय वक्ता तथा पर्यटनसम्बद्ध सरोकारवालाबीच पर्यटनका विविध पक्षबारे चर्चा हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर
डिस्को जाँदा कारवाहीमा परेका ४ फुटबल खेलाडीलाई अर्को झट्का
डिस्को जाँदा कारवाहीमा परेका ४ फुटबल खेलाडीलाई अर्को झट्का
जितियाको रौनक: मधेसभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
जितियाको रौनक: मधेसभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
डा केसीसँग वार्ताका लागि विज्ञ र सम्बन्धित पक्षसँग परामर्श !
डा केसीसँग वार्ताका लागि विज्ञ र सम्बन्धित पक्षसँग परामर्श !
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
कोरोना भाइरसका कारण ३० प्रतिशतले वायु प्रदुषणमा कमी
कोरोना भाइरसका कारण ३० प्रतिशतले वायु प्रदुषणमा कमी
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
सार्कका महासचिव र राष्ट्रपतिबीच शिष्टाचार भेट
सार्कका महासचिव र राष्ट्रपतिबीच शिष्टाचार भेट
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र

तपाईंले छुटाउनुभयो कि?