एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
६३ पटक हेरिएको
Shares
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

सारांश

  • काठमाडौं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको हिजो भएको निर्वाचनमा भवन भट्टको समुहले विजय हासिल गरेको छ ।
  • घोषित मतगणना अनुसार अध्यक्षमा भवन भट्टले एक हजार एक सय ९७ मत ल्याएर विजयी हुनु भएको छभने जमुना गुरुडको ६ सय ४० मत प्राप्त भएको छ ।
  • अपरान्ह ५ बजेबाट शुरु भएको मतदान राती १ बजे सकिएलगत्तै भएको मत गणनाको नतिजा राती २ बजे घोषणा भएको हो ।

काठमाडौं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको हिजो भएको निर्वाचनमा भवन भट्टको समुहले विजय हासिल गरेको छ । घोषित मतगणना अनुसार अध्यक्षमा भवन भट्टले एक हजार एक सय ९७ मत ल्याएर विजयी हुनु भएको छभने जमुना गुरुडको ६ सय ४० मत प्राप्त भएको छ । अपरान्ह ५ बजेबाट शुरु भएको मतदान राती १ बजे सकिएलगत्तै भएको मत गणनाको नतिजा राती २ बजे घोषणा भएको हो । विधुतीय मतदान भएकोले मतपरिणाम छिटो आएको हो ।
त्यसैगरी उपाध्यक्षहरुमा कुमार पन्त र कुल आचार्य विजयी भएका छन । जसमा कुमार पन्तले एक हजार ३० मत पाएका छन भने कुल आचार्यले ६ सय ४४ मत पाएका छन । अन्य उपाध्यक्षका उम्मेदवारहरुमा चिरन्जीवि थापाले ३ सय ८०, खगेन्द्र जिसीले ३ सय ४९, सोनाम लामाले ४ सय ३६ र रविना थापाले २ सय ६४ मत पाएका छन ।
महिला उपाध्यक्षमा सफिलाराज भण्डारीले एक हजार ५४ मत ल्याई विजयी भएकी छिन भने उनका प्रतिद्धन्द्धी रन्जु थापाले ६ सय ३५ मत पाएकी छिन । महासचिवमा पुन डा बद्री केसीले ७ सय ६७ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिद्धन्द्धीहरु यम कुमार गुरुडले ५ सय ३८ र अर्जुन श्रेष्ठले ३ सय ६४ मत ल्याएका छन ।
त्यसैगरी २ सचिव पदका लागि भएको निर्वाचनमा सचिवमा डम्बर बहादुर क्षेत्री ६ सय ६ र जानकी गुरुड ६ सय ५५ मत ल्याएर विजयी भएका छन भने सचिवका अन्य उम्मेदवारले क्रमश गणेश केसीले ६ सय ५३, डा देवी बहादुर बस्नेतले ३ सय २१, ऋषिराम कडेलले १ सय ९ र सन्तोष भट्टराईले ४ सय ९७ मत ल्याएर विजयी भएका छन ।
कोषाध्यक्ष पदमा हिक्मत बहादुर थापाले एक हजार ३८ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्धन्दी मुछेत्र गुरुडले ६ सय ५३ मत ल्याएका छन । सहकोषध्यक्षमा सोम सापकोटाले एक हजार २४ मत ल्याएर विजयी भएका छन भने प्रतिद्धन्द्धी चक्र बहादुर थापाले ५ सय २६ मत ल्याएका छन । त्यसैगरी महिला संयोजकमा रजनी प्रधानले ९ सय २ मत ल्याएर विजयी भएकी छिन भने प्रतिद्धन्द्धी भोमा लिम्बुले ६ सय ७६ मत ल्याएकी छिन । युवा संयोजकमा सुदन कुमार थापाले ४ सय ९७ मत ल्याएर विजयी भएका छन भने लोक राज शर्माले ३ सय ९ , स्वतन्त्र प्रताप शाहाले ४ सय ९०, र दिपक वलीले २ सय ७९ मत ल्याएका छन ।
त्यसैगरी क्षेत्रिय संयोजकहरुमा अमेरिका क्षेत्रबाट संयोजकमा गौरीराज जोशीले एक सय १८ मत ल्याएर विजयी भएका छन भने नविन शेरचनले ७५ मत ल्याएर विजयी भएका छन । अमेरिका क्षेत्रको महिला उपसंयोजकमा संगीता लम्साल सिवाकोटी निविरोध भएकी छिन भने युवा संयोजकमा डा बर्षा मोक्तान पनि निर्विरोध भएकी छिन ।
यूरोप क्षेत्रबाट संयोजकमा शिव प्रसाद बरुवालले १ सय ४२ मत ल्याएर विजयी भएका छन भने दुई उपसंयोजक पदमा एकराज गीरिले १ सय ४४ मत र गोविन्द गौतमले २ सय ४ मत ल्याएर विजयी भएका छन । युरोपबाट महिला उपसंयोजकमासंगीता मरहट्टाले ३ सय ११ मत ल्यायी विजयी भएकी छिन भने यूवा संयोजकमा जयकृष्ण ठाकुर निर्विरोध निर्वाचीत भएका छन ।
ओसियानाबाट संयोजकमा धर्मराज अधिकारीले ८४ मत ल्यायी विजयी भएका छन भने उपसंयोजकमा ईश्वर कुईकेल र लोकनाथ पौडेलले १, १ मत पाएका थिए । गोला प्रथाबाट परिणाम घोषणा गरिने निर्वाचन आयोगले जानएको छ । महिला उपसंयोजकमा प्रीति शर्माले ९८ मत ल्याई विजयी भएका छन । ओसिनीयाबाट युवा संयोजकमा ऋषिराम आचार्यले १ सय ४ मत ल्यायी विजयी भएका छन ।
एसिया प्यासिफिकबाट संयोजकमा किरण विक्रम थापाले एक सय २९ मत ल्यायी विजयी भएका छन भने २ पदका लागि भएको उपसंयोजकमा विनाद कुंवरले एक सय ४५ र पारशमणी शर्माले एक सय ५३ मत ल्याएर विजयी भएका छन । एसिया प्यासिफिकबाट महिला उपसंयोजकमा जुनुमाया गुरुड र निर्विरोध भएकी छिन भने युवा संयोजकमा कुनै उम्मेदवारी नै परेको छैन ।
अफ्रिकाबाट संयोजकमा सुनिल कार्की निविरोध भएका छन भने २ उपसंयोजक पदका लागि डा भुवन ढकाल र शिव शर्मा पौंडेल निर्वाचित भएका छन । महिला संयाृजकमा मनकला विष्ट थापा र युवा संयोजकमा बाबुराम लुईटेल निर्विरोध निर्वाचीत भएका छन ।
मिडिल ईष्टबाट क्षेत्रिय संयोजकमा राजेन्द्र शर्माले २ सय ६९ मत ल्याएर विजयी भएका छन भने उपसंयोजकमा गोपाल कडेल र हंसराज ढकाल निविरोध निर्वाचित भएका हुन । महिला उपसंयोजकमा यासयीन बेगम निर्विरोध निर्वार्चित भएका छन भने युवा उपसंयोजकमा राजकुमार बस्नेत निर्विरोध निर्वाचित भएका हुन । नवनिर्वाचित पदाधिकारीहरुलाई आज हुने एक कार्यक्रमकाबीच पदतथा सपथ ग्रहण गराईने निार्वचन आयोगले जानएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग
गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार
गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार
Anil Kapoor, Aishwarya Rai and Rajkummar Rao starrer ‘Fanney Khan’ teaser out!
Anil Kapoor, Aishwarya Rai and Rajkummar Rao starrer ‘Fanney Khan’ teaser out!
आजको मौसमः आजपनि हावाहुरीसहित पानी पर्ने
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग, सम्बोधन नभए सडकमा उत्रने चेतावनी
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग, सम्बोधन नभए सडकमा उत्रने चेतावनी
रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी
रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी
काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो
काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो
४० वर्षको उमेरमा पनि राखी हर्ट एण्ड फिट, यस्तो छ रहस्य
४० वर्षको उमेरमा पनि राखी हर्ट एण्ड फिट, यस्तो छ रहस्य

तपाईंले छुटाउनुभयो कि?