मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
५४ पटक हेरिएको
Shares
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

सारांश

  • दमौली, १६ फागुन, तनहँु निर्वाचन क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रु ५० हजार खानेपानी आयोजनालाई हस्तान्तरण गर्नुभएको छ ।
  • व्यास नगरपालिका–९ छापस्थित झारलेङ्दी खानेपानी आयोजनालाई मोटर खरीद गर्न सांसद श्रेष्ठले रकम उपलब्ध गराउनुभएको हो ।
  • मोटर अभावमा खानेपानीको सुविधाबाट बञ्चित हुँदै आएको गुनासो स्थानीयवासीले गरेपछि आफूले राज्यबाट पाउने मासिक तलबवापतको रकममध्येबाट रु ५० हजार सहयोग गरेको सांसद श्रेष्ठले बताउनुभयो ।

दमौली, १६ फागुन, तनहँु निर्वाचन क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रु ५० हजार खानेपानी आयोजनालाई हस्तान्तरण गर्नुभएको छ ।

व्यास नगरपालिका–९ छापस्थित झारलेङ्दी खानेपानी आयोजनालाई मोटर खरीद गर्न सांसद श्रेष्ठले रकम उपलब्ध गराउनुभएको हो । मोटर अभावमा खानेपानीको सुविधाबाट बञ्चित हुँदै आएको गुनासो स्थानीयवासीले गरेपछि आफूले राज्यबाट पाउने मासिक तलबवापतको रकममध्येबाट रु ५० हजार सहयोग गरेको सांसद श्रेष्ठले बताउनुभयो ।

खानेपानी उपभोक्ता समूहका अध्यक्ष मधुमाया थापालाई रकम हस्तान्तरण गर्दै उहाँले आफू जिल्लाको विकास गर्न जनप्रतिनिधि भएको भन्दै अन्य केही समस्या भए आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

सांसद श्रेष्ठले आफूले राज्यबाट पाउँदै आएको मासिक तलब भत्ता जिल्लाका सङ्घसंस्थालाई उपलब्ध गराउँदै आउनुभएको छ । उहाँले खानेपानी योजना, विद्यालय, आमा समूह, मठमन्दिरलगायतका समूहलाई मासिक तलबवापत रकम उपलब्ध गराउनुभएको छ ।

नयाँ घर पाएपछि बोटे समुदाय खुशी

तनहुँको व्यास नगरपालिका–५ लुतेवराहका ८१ वर्षीय उजरसिं बोटेको मुहारमा छुट्टै चमक छ । वर्षौदेखि झुप्रो टहरोमा बस्दै आउनुभएका उहाँले नयाँ घर पाएपछि उहाँमा खुशीको सीमा नै छैन । आर्थिक रूपमा विपन्न सीमान्तकृत जातिको रुपमा सूचीकृत बोटेले नयाँ घर पाउँछु भन्ने कल्पनासमेत गर्नुभएको थिएन ।

उहाँले भन्नुभयो, “मैले नयाँ घर पाउँछु होला भन्ने कल्पनासमेत गरेको थिइन । तर सरकारले घर बनाइदियो । धेरै खुशी छु ।” शहरी विकास मन्त्रालयको जनता आवास कार्यक्रममार्फत बोटेले नयाँ घर प्राप्त गर्नुभएको हो । उहाँसगै यस ठाउँका छ घरधुरीलाई नयाँ घर निर्माण गरिएको छ ।

सोही ठाउँका रुपामाया बोटे पनि नयाँ घर पाएपछि खुशी हुनुहुन्छ । पैसा नहुँदा घर बनाउन नसकिएको भन्दै उहाँले सरकारले घर बनाइदिएपछि खुशी हुँदै भन्नुभयो, “हामीजस्तो गरीबलाई सरकारले हेर्दोरहेछ ।”

यहाँका आइतबहादुर बोटे, बलबहादुर बोटे, क्षेत्रबहादुर बोटे, रुपामाया बोटे, सन्तबहादुर बोटे र उजरसिं बोटेलाई जनता आवासमार्फत घर निर्माण गरिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी
प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
अदालतको फन्दामा अजेयराज सुमार्गी
अदालतको फन्दामा अजेयराज सुमार्गी
काठका सामग्री बनाउने सीप हस्तान्तरण गरिँदै
काठका सामग्री बनाउने सीप हस्तान्तरण गरिँदै
Complaint filed against Ranbir Kapoor starrer ‘Sanju’ over toilet leakage scene!
Complaint filed against Ranbir Kapoor starrer ‘Sanju’ over toilet leakage scene!
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
थाई दूतावासमा ठगी गरेर फरार भएका दुई महिला पक्राउ
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा

तपाईंले छुटाउनुभयो कि?