मोदी बिस्केकमा
सारांश
- नयाँ दिल्ली, ३० जेठ ।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक जानु भएको छ ।
- उहाँ साङ्घाई सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन त्यहाँ जानु भएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
नयाँ दिल्ली, ३० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक जानु भएको छ । उहाँ साङ्घाई सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन त्यहाँ जानु भएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । उहाँ एससिओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लाग्नुभएको हो ।
गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी जानु भएको थियो ।भारतीय जनता पार्टीको नेतृत्व गर्दै गत आमनिर्वाचनमा पुनः सफल हुनुभएका प्रधानमन्त्री मोदीका कारण विश्वव्यापी रुपमा भारतको उपस्थिति बलियो देखाउने अवसर प्राप्त हुने विदेश मन्त्रालयले जनाएको छ ।एससिओको शिखर सम्मेलनका अतिरिक्त प्रधानमन्त्री मोदीले केही देशका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नु हुनेछ ।
प्रतिक्रिया