दाईको छोरी भन्दै १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी
सारांश
- २०६३ सालदेखि सामुदायिक बाल उद्धार केन्द्रको संरक्षणमा रहेकी १३ वर्षीया बालिका हराएको ८ दिनपछि फेला परेकी छन ।
- बासलका हराएपछि प्रहरीले व्यापक खोजी गरिरहेको थियो ।
- बालिका केन्द्रको सम्पर्कमा नआएको खबर भएपछि प्रहरीले जेठ ३२ गते साँझ ८ बजेतिर महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीस्थित राजेन्द्र महर्जनको घरबाट फेला परेकी हुन् ।
२०६३ सालदेखि सामुदायिक बाल उद्धार केन्द्रको संरक्षणमा रहेकी १३ वर्षीया बालिका हराएको ८ दिनपछि फेला परेकी छन । बासलका हराएपछि प्रहरीले व्यापक खोजी गरिरहेको थियो । बालिका केन्द्रको सम्पर्कमा नआएको खबर भएपछि प्रहरीले जेठ ३२ गते साँझ ८ बजेतिर महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीस्थित राजेन्द्र महर्जनको घरबाट फेला परेकी हुन् ।फेला परेकी १३ बालिकालाई महर्जनको घरमा डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ चाइनागेट स्थायी घर भएका विभुलाल जोशीले जबरजस्ती करणी गर्दै आइरहेको खुल्न आएको छ ।केन्द्रको संरक्षणमा रहेकी १३ वर्षीया बालिका ९आर० लाई जेठ २५ गते जोशीले प्रलोभनमा पारेर आफ्नो कोठामा लगेर जबरजस्ती करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
छिमेकीलाई दाजुको छोरी भन्दै परिचय समेत लुकाएर जोशीले बालिकालाई सटरभित्र लुकाई पटक–पटक जबरजस्ती करणी गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए ।जोशीलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।जोशीले पहिला पनि बालिकालाई जबरजस्ती करणी गर्दै आएको पाइएको छ ।
प्रतिक्रिया