प्रदेश लोकसेवा विधेयक तयार हुँदै, जुनसुकै प्रदेशमा जागिर खान पाइने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
प्रदेश लोकसेवा विधेयक तयार हुँदै, जुनसुकै प्रदेशमा जागिर खान पाइने

सारांश

  • काठमाडौं २८ फागुन ।
  • प्रदेश सरकार मातहतको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।
  • त्यसैअनुसारको व्यवस्थासहित प्रदेश लोकसेवा विधेयकले अन्तिम रुप पाउँदै छ ।

काठमाडौं २८ फागुन । प्रदेश सरकार मातहतको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैअनुसारको व्यवस्थासहित प्रदेश लोकसेवा विधेयकले अन्तिम रुप पाउँदै छ ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले निजामती सेवा तथा प्रहरी सेवामा तत् तत् प्रदेशभित्रका नागरिकमात्रै छनोट हुनुपर्ने भनि राखेको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अस्वीकार गरेको छ ।

राष्ट्रिय सभाले पारित गरिसकेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक प्रतिनिधिसभाको समितिमा छलफलका क्रममा छ ।

समितिको सोमबार बसेको बैठक विधेयकमा रहेको प्रदेश निजामती सेवा र प्रदेश प्रहरी सेवाको परिभाषालाई फेरबदल नगर्ने निष्कर्षमा पुगेको हो । –कान्तिपुर दैनिकबाट

(https://www.dipprofit.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?