विमानको टायरमा लुकेर यात्रा गर्नेको खसेर मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १९, २०७६
|
|
४३ पटक हेरिएको
Shares
विमानको टायरमा लुकेर यात्रा गर्नेको खसेर मृत्यु

सारांश

  • लन्डनको व्यस्त हिथ्रो एयरपोर्टमा एक व्यक्ति केन्या एयरवेजको विमानको ल्यान्डिङ गीयरको कम्पार्टमेन्ट बाट खसेर ज्यान गएको छ ।
  • मृत व्यक्ति विमानको ल्यान्डिङ गीयरको कम्पार्टमेन्टमा लुकेर यात्रा गररहेको प्राप्त जानकारीका अनुसारमा उल्लेख गरिएको छ ।
  • एयरपोर्टमा विमान उत्रनुपूर्व नै उनी बिमानबाट खसेका थिए ।

लन्डनको व्यस्त हिथ्रो एयरपोर्टमा एक व्यक्ति केन्या एयरवेजको विमानको ल्यान्डिङ गीयरको कम्पार्टमेन्ट बाट खसेर ज्यान गएको छ ।

मृत व्यक्ति विमानको ल्यान्डिङ गीयरको कम्पार्टमेन्टमा लुकेर यात्रा गररहेको प्राप्त जानकारीका अनुसारमा उल्लेख गरिएको छ । एयरपोर्टमा विमान उत्रनुपूर्व नै उनी बिमानबाट खसेका थिए ।उनको शव लन्डनको एक बगैचाम मिलेको थियो ।

बेलायती अधिकारीका अनुसार उक्त व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको छ । उनी कुनै विमानको ल्यान्डिङ गीयर कम्पार्टमेन्टबाट तल झरेको हुन सक्ने बताइएको छ ।

यो कम्पार्टमेन्टबाट एक ब्याग, पानीको बोतल तथा केही खानेकुराको सामग्री पाइएको थियो । गरिबी तथा खराब अवस्थाका कारण पछिल्ला वर्षहरुमा अफ्रिकी देशका कैयौ नागरिकहरु विमानमा लुकेर युरोप तथा अमेरिका पुग्ने प्रयास गर्दै आएका छन् ।

यसै वर्ष एरिकको लागोसबाट जोहानेसबर्ग उडानमा पनि एक शव पाइएको थियो । २०१६ मा लागोसबाट न्यूयोर्क जादै गरेको एयर जेटको एक विमानको अन्डरक्यारिजमा एक शव पाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?