एक जोर जुत्ताको मुल्य चार करोड ८३ लाख ८० हजार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ९, २०७६
|
|
५५ पटक हेरिएको
Shares
एक जोर जुत्ताको मुल्य चार करोड ८३ लाख ८० हजार

सारांश

  • काठमाडौं, साउन 9 ।
  • नाइकीको सह संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ।
  • त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो।

काठमाडौं, साउन 9 । नाइकीको सह संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ।त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो।सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो।

तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरे। बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका हुन्।सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह९संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए।यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो।लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ।लगानी कम्पनीका मालिक नाडालले आफ्नो खरिदबाट धेरै खुसी भएको बताउँदै सो जुत्ता खेलकुद इतिहास र पप संस्कृतिको ऐतिहासिक अंश भएको बताए।

उनले किनेका सबै जुत्ताहरू टोरन्टोमा रहेको उनको निजी गाडी संग्रहालयमा प्रदर्शनमा राखिने बताएका छन्।एजेन्सीयसअघि कुनै पनि जुत्ताका लागि तिरिएको सबैभन्दा उच्च रकम एक लाख ९० हजार तीन सय ७३ डलर मानिएको छ।सो रकममा माइकल जोर्डनले सन् १९८४ को ओलिम्पिकको बास्केटबल फाइनलमा लगाएको हस्ताक्षरसहितको कन्भर्स जुत्ता सन् २०१७ मा बिक्री गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलियानाको फोटोग्राफर प्रेमीसँग ब्रेकअप !
इलियानाको फोटोग्राफर प्रेमीसँग ब्रेकअप !
ट्यासी चालकको आँखा फुटाएर ६ हजार लुटियो !
ट्यासी चालकको आँखा फुटाएर ६ हजार लुटियो !
सुकीको कारकेड माइक्रोसँग ठोक्कियो, प्रहरीद्वारा ड्राइभर सडकमै कुटिए (भिडियो)
सुकीको कारकेड माइक्रोसँग ठोक्कियो, प्रहरीद्वारा ड्राइभर सडकमै कुटिए (भिडियो)
सरकारले वार्ता कोसँग गर्ने : डा. केसीसँग कि देउवासँग ?
सरकारले वार्ता कोसँग गर्ने : डा. केसीसँग कि देउवासँग ?
फेडेरर तेस्रो चरणबाट बाहिरिए, जोकोभिक क्वाटरफाइनलमा प्रवेश
फेडेरर तेस्रो चरणबाट बाहिरिए, जोकोभिक क्वाटरफाइनलमा प्रवेश
रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल !
रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल !
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न :  ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न : ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
सरकार परिवर्तन गर्न ढिला गर्न हुदैन्  केहिदिनभित्रै नयाँ सरकार बन्छ । नेता रायमाझी,
सरकार परिवर्तन गर्न ढिला गर्न हुदैन् केहिदिनभित्रै नयाँ सरकार बन्छ । नेता रायमाझी,
माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता
माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता

तपाईंले छुटाउनुभयो कि?