चीनमा फेरि देखिन थाल्यो कोरोना

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ३०, २०७८
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • चीनमा २ वर्षपछि एकै दिन आइतबार २ हजारभन्दा बढि नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
  • चीनमा कोरोना नियन्त्रणमा आइसकेको दाबी गरिएका बेला २ वर्षपछि फेरि कोरोना संक्रमण फैलिन थालेपछि विश्वभर चिन्ता बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
  • चीनका धेरै शहरहरुमा कोरोनाका नयाँ संक्रमित देखिन थालेको पनि संचारमाध्यमहरुले जनाएका छन् ।

चीनमा २ वर्षपछि एकै दिन आइतबार २ हजारभन्दा बढि नयाँ कोरोना संक्रमित भेटिएका छन् । चीनमा कोरोना नियन्त्रणमा आइसकेको दाबी गरिएका बेला २ वर्षपछि फेरि कोरोना संक्रमण फैलिन थालेपछि विश्वभर चिन्ता बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

चीनका धेरै शहरहरुमा कोरोनाका नयाँ संक्रमित देखिन थालेको पनि संचारमाध्यमहरुले जनाएका छन् । चीनको स्वास्थ्य मन्त्रालयका अनुसार चीनमा २ वर्षपछि पहिलो पटक एकै दिनमा यति धेरै संक्रमित भेटिएका हुन् । नेसनल हेल्थ कमिसनका अनुसार सन् २०२० पछिकै यो सबैभन्दा ठूलो दैनिक संक्रमितको तथ्यांक हो ।

कोरोना बढे सँगै चीनका शहरहरूमा केहि प्रतिबन्ध लगाइएका छन् । त्यस्तै ठूलो मात्रामा कोरोना परिक्षण भइरहेको छ । कोरोनाको बढ्दो संक्रमणका कारण सांघाइका विद्यालयहरू तत्कालका लागि बन्द गरिएका छन् । केही शहरहरुमा लकडाउन समेत गरिएको छ । सर्वसाधारणलाई सार्वजनिक स्थानमा जान, समूहमा खाना खान र सभामा भाग लिन प्रतिबन्ध लगाइएको छ । ०००

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?