चीन र उत्तर कोरियालाई लक्षित गर्दै एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १९, २०७६
|
|
६० पटक हेरिएको
Shares
चीन र उत्तर कोरियालाई लक्षित गर्दै एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका

सारांश

  • अमेरिकी रक्षामन्त्री मार्क एस्परले एसियामा मध्यम दूरीका मार हान्ने क्षेप्यास्त्र छिट्टै तैनाथ गर्न चाहेको बताएका छन्।
  • चिनियाँ र उत्तर कोरियाली दबदबा घटाउन यस्तो कदम चाल्नुपरेको अमेरिकी भनाइ छ।
  • रक्षामन्त्री एस्परले एसियामा पारम्परिक हतियार हटाएर मध्यम स्तरमा मार हान्ने क्षेप्यास्त्र तैनाथ गर्न सहज भएको पनि खुलासा गरे।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले एसियामा मध्यम दूरीका मार हान्ने क्षेप्यास्त्र छिट्टै तैनाथ गर्न चाहेको बताएका छन्। चिनियाँ र उत्तर कोरियाली दबदबा घटाउन यस्तो कदम चाल्नुपरेको अमेरिकी भनाइ छ। रक्षामन्त्री एस्परले एसियामा पारम्परिक हतियार हटाएर मध्यम स्तरमा मार हान्ने क्षेप्यास्त्र तैनाथ गर्न सहज भएको पनि खुलासा गरे।

अमेरिका ‘इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेस’ (आईएनएफ) सन्धिबाट बाहिरिसकेको पनि उनले स्पष्ट पारे। उनले भने, ‘हजुर, म थप शक्तिशाली क्षेप्यास्त्र तैनाथ गर्न चाहन्छु।’ उनले सकेसम्म यसै महिना नभए अर्को महिनासम्म क्षेप्यास्त्र तैनाथ गरिसक्ने प्रतिबद्धता व्यक्त गरे। उनले यी क्षेप्यास्त्र तैनाथ गर्ने स्थानका बारेमा थप जानकारी दिएनन्।

अमेरिकी योजनाबाट चीन चिन्तित हुनुपर्ने कुरा नभएको पनि एस्परले बताए। उनले भने, ‘यसबाट हैरान हुनुपर्ने कुनै आवश्यकता छैन। यसबारे आफ्ना धारणा केही महिनादेखि सार्वजनिक गर्दै आएका छौं।’ चीनले विकास गरेका ८० प्रतिशत क्षेप्यास्त्र मध्यम स्तरका भएको पनि उनले बताए।

अमेरिका शुक्रबार आईएनएफ सन्धिबाट पछि हटेको थियो। उक्त सन्धि रूसले नमानेको आरोप अमेरिकाको छ। उक्त सन्धिलाई लिएर अमेरिका र रूसबीच विवाद छ। सन् १९८७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका नेता मिखाइल गोर्बाचोभबीच उक्त सन्धि भएको थियो।

सन्धिबाट फिर्ता भएपछि मध्यम स्तरका क्षेप्यास्त्र प्रयोग गर्न अमेरिका स्वतन्त्र भएको छ। हाल चीनसँग भएका अधिकांश हतियार मध्यम स्तरका मार हान्ने क्षमताका क्षेप्यास्त्र छन्। आईएनएफ सन्धिमा हस्ताक्षर नगरेकाले चीनले यस्ता क्षेप्यास्त्र विकास गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाका कारण हिजो ज्यान गुमाएकी महिलाकी शिशुको अवस्था कस्तो छ ?
कोरोनाका कारण हिजो ज्यान गुमाएकी महिलाकी शिशुको अवस्था कस्तो छ ?
११ वर्षपछि प्रचण्ड-विप्लवबीच मिलनको संवाद
११ वर्षपछि प्रचण्ड-विप्लवबीच मिलनको संवाद
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
शुक्रबार १ सय १२ संक्रमित थप, ५४ जना संक्रमणमुक्त
शुक्रबार १ सय १२ संक्रमित थप, ५४ जना संक्रमणमुक्त
कांग्रेसमा पार्टी संगठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
कांग्रेसमा पार्टी संगठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
नेत्र ज्योति संघ उदयपुर मा राउत
नेत्र ज्योति संघ उदयपुर मा राउत
समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न
समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न
आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा
आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
What Is The Interracial Courting Scene Like In Nyc Today? Peru

तपाईंले छुटाउनुभयो कि?