पेट्रोल र डिजेलको मुल्य बढ्यो, एलपी ग्यासको रु २५ घट्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २१, २०७६
|
|
६० पटक हेरिएको
Shares
पेट्रोल र डिजेलको मुल्य बढ्यो, एलपी ग्यासको रु २५ घट्यो

सारांश

  • साउन २१, काठमाण्डौ ।
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
  • निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर १ रुपैयाँ, र ५० पैसा बढाएको हो ।

साउन २१, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर १ रुपैयाँ, र ५० पैसा बढाएको हो । एलपी ग्यासमा भने २५ रुपैयाँ घटाइएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २५ रुपैयाँले घटेको छ । डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ ।

आयल निगमको निर्णयअनुसार काठमाडौ थानकोट डिपोबाट १५ कि.मि. क्षेत्रभित्र)को पेट्रोलको नयाँ विक्री मूल्य रू १ सय ९ र डिजेल मट्टीतेलको मूल्य रू ९७ हुनेछ भने एल.पि. ग्यासको खुद्रा मूल्य रू १३ सय ७५ हुनेछ ।

हवाई ईन्धनको विक्री मूल्य भने यथावत राखिएको छ । यो मूल्य मंगलवार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

निगमले गत वर्ष ग्यासमा करिब ६ अर्व नोक्सानी व्यहोरेको थियो । मूल्य समायोजन गरेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रतिलिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो हुने अवस्था रहन्छ ।

(www.udenar.edu.co)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै, हिउँदे अधिवेशन सकिंदै
प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै, हिउँदे अधिवेशन सकिंदै
जलवायु परिवर्तनको असर नेपालमा अधिक छ : रक्षामन्त्री पोखरेल
जलवायु परिवर्तनको असर नेपालमा अधिक छ : रक्षामन्त्री पोखरेल
विश्वका १२४ देशमा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३३७ जनाको मृत्यु
विश्वका १२४ देशमा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३३७ जनाको मृत्यु
दाङ र प्यूठानमा भारी बर्षा, सतर्क रहन अपिल
दाङ र प्यूठानमा भारी बर्षा, सतर्क रहन अपिल
सरकारी अस्पतालमा अप्रेशनका लागि बर्षौ कुर्नुपर्ने !
सरकारी अस्पतालमा अप्रेशनका लागि बर्षौ कुर्नुपर्ने !
प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स
प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स
महामन्त्री डा कोइराला सङ्क्रमण मुक्त
महामन्त्री डा कोइराला सङ्क्रमण मुक्त
पुनर्जीवन पाउँदै हेटौँडा कपडा उद्योग ‘सेनाको प्राविधिक टोलीद्वारा सम्भाव्यता अध्ययन र पूर्वाधारको काम सुरु’
पुनर्जीवन पाउँदै हेटौँडा कपडा उद्योग ‘सेनाको प्राविधिक टोलीद्वारा सम्भाव्यता अध्ययन र पूर्वाधारको काम सुरु’
पति विदेश, बच्चा जन्माएर मारेको भन्दै आमा पक्राउ
पति विदेश, बच्चा जन्माएर मारेको भन्दै आमा पक्राउ
देउवाको घटेको उचाइ-महेन्द्र पराजुली (सहिदपुत्र)
देउवाको घटेको उचाइ-महेन्द्र पराजुली (सहिदपुत्र)

तपाईंले छुटाउनुभयो कि?