चरण क्षेत्रको अभावले माहुरीपालन व्यवसायमा समस्या

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
६३ पटक हेरिएको
Shares
चरण क्षेत्रको अभावले माहुरीपालन व्यवसायमा समस्या

सारांश

  • सिस्ने गाउँपालिका वडा नं ३ स्थित ओमप्रकाश खड्काको घरमा १११ वटा माहुरीका घार छन् ।
  • शुरुआती चरणमा रहरले एक घारमा माहुरी राख्नुभएका ओमप्रकाश अहिले व्यावसायिक रुपमा माहुरी पाल्न शुरु गरेको छ ।
  • यो व्यवसायबाट राम्रो आम्दानी भएको पनि उहाँले बताउनुभयो ।

सिस्ने गाउँपालिका वडा नं ३ स्थित ओमप्रकाश खड्काको घरमा १११ वटा माहुरीका घार छन् । शुरुआती चरणमा रहरले एक घारमा माहुरी राख्नुभएका ओमप्रकाश अहिले व्यावसायिक रुपमा माहुरी पाल्न शुरु गरेको छ । यो व्यवसायबाट राम्रो आम्दानी भएको पनि उहाँले बताउनुभयो । तर सोचेजतीको काम गर्न सजिलो त कहाँ छ र ? ओमप्रकाशलाई आजभोलि माहुरीको खाना जुटाउन निकै मुस्किल परेको छ ।

माहुरीका लागि चरण क्षेत्रको अभाव हुँदा माहुरीपालन व्यवसाय अगाडि बढाउन मुस्किल परेको उहाँ बताउनुहुन्छ । वर्षा शुरु भएसँगै लगाताररुपमा पानी पर्न थालेपछि आहारका लागि माहुरी घारबाट बाहिर निस्कन सकेका छैनन् । माहुरीलाई बचाउनका लागि चिनी खुवाइरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी सोही ठाउँका कमलाल खड्को घरमा पनि ५५ वटा माहुरीका घार छन् । माहुरीको मह बेचेर जीविकोपार्जन गर्दै आउनुभएका कमला पनि माहुरीसँगै रमाउन चाहनुहुन्छ । तर आजभोलि उहाँलाई चाहनाले मात्र नपुग्ने रहेछ भन्ने आभास भइसकेको छ । किनभने उहाँलाई पनि आफूले पालेका माहुरी बचाउन मुस्किल परेको छ । वर्षाको समयमा लगाताररुपमा परिरहने पानीले गर्दा माहुरी आहारा जुटाउन जान नसक्ने भएका कारण चिनी खुवाएर पाल्नुपर्ने स्थिति सिर्जना भएको बताउनुभयो । व्यावसायिक माहुरी पालेका जिल्लाभरका किसानले यतिबेला माहुरीका लागि रस जुटाउन नसकेर चिनीको आहारा बनाइरहेका छन् ।

वर्षाको समयमा मात्र नभई अहिले त बाह्रै महीना माहुरीलाई चरण क्षेत्रको अभाव भएको स्थानीयवासी बताउँछन् । कतिपय माहुरी पालकले भने प्रविधिको अभावले पनि माहुरीपालनबाट उल्लेख्य आम्दानी लिन सकिरहेका छैनन् । सिस्ने– ३ पोखरामा जिल्लाकै सबैभन्दा बढी मह उत्पादन हुने क्षेत्र हो ।

वर्षाको समयमा पानी पर्ने र अन्य समयमा कृषकले विस्तारै फलफूल खेती गर्न छोडेपछि माहुरीलाई रसको अभाव परेको हो । पछिल्लो चरणमा जिल्लामा तोरीको खेती गर्नेको सङ्ख्या ह्वात्तै घटेपछि माहुरी कृषकलाई समस्या भएको हो । तोरी लगाएर तेल निकाल्ने झण्झट, उत्पादनमा कमी आउनु र जनशक्तिको अभाव लगायतका कारणले तोरीखेती गर्ने किसान घटेका हुन् ।

जथाभावी विभिन्न प्रकारका विषादी प्रयोग गर्नेक्रम बढ्दै जाँदा माहुरी मरेर जाने गरेको सिस्ने गाउँपालिका–५ का अर्का माहुरीपालक पूर्णबहादुर बुढामगरले बताउनुभयो । विगत २० वर्षदेखि २० देखि २५ वटा घारमा माहुरी पाल्दै आउनुभएका बुढाको यतिबेला ११ वटा घारमा मात्र माहुरी जीवित रहेको बताउनुभयो । चरण, प्रविधि अभाव र जथाभावी विषादी प्रयोगका कारण माहुरी मरेर गएको उहाँ बताउनुहुन्छ ।

“किसानले जैविक मल प्रयोग गरेर बाली लगाउने बेलासम्म माहुरीले राम्रो मह लगाउने गरेको थियो”, सिस्ने गाउँपालिका– ३ पोखराका अर्का माहुरीपालक लीलाराम खड्का भन्नुहुन्छ, “जब कृषकले उन्नत प्रजातिका बीउबिजन, रासायनिक मल, अनधिकृत विषादी प्रयोग गर्न थाले माहुरीको जैविक प्रणालीमा गम्भीर असर परेको छ ।” पछिल्लो समय विभिन्न प्रकारका विषादीको बढ्दो प्रयोग, जमीन बाँझो राख्ने लगायतका कारणले माहुरीलाई असर परेको उहाँको भनाइ छ ।

माहुरीलाई रसको अभाव हुन नदिनका लागि चिउरी फँडानीलाई रोक्ने तथा नयाँ बिरुवा रोप्नुपर्ने, पल्टी नामको फूल फुल्ने बिरुवा सबैले घरघरमा रोप्नुपर्ने त्यहाँका स्थानीयले बताएका छन् । पल्टी नामको फूल फुल्ने एउटा बोटले तीन वटा घारको माहुरीलाई पर्याप्तमात्रामा रस दिने स्थानीयवासीले बताएका छन् । माहुरीको पकेट क्षेत्र घोषणा गरिएको सिस्ने गाउँपालिका– ३ का अधिकांश नागरिकले माहुरी पालेका छन् ।

माहुरीपालनका लागि सिस्ने गाउँपालिकाले माहुरी व्यावसायिक, कृषि सहकारी तथा कृषि फर्मलाई अनुदान दिएको छ । गाउँपालिकाले यस वर्षलाई माहुरी प्रवद्र्धन वर्षका रुपमा मनाउने तयारी गरेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । त्यसैगरी यसै वर्षमा गाउँपालिका र ५ नं प्रदेश सरकारले संयुक्तरुपमा माहुरी कृषकलाई अनुदानका लागि रु २५ लाख बजेट छुट्याएको पनि उहाँले जानकारी दिनुभयो । सर्जना कार्की / रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सामा संयुक्त सुरक्षा टोलीको ठूलो सफलता: आँप बगैचामा लुकाइछिपाइ राखिएको १४० किलो गाँजा बरामद
पर्सामा संयुक्त सुरक्षा टोलीको ठूलो सफलता: आँप बगैचामा लुकाइछिपाइ राखिएको १४० किलो गाँजा बरामद
पोखरामा पनि एनसेललाई विपत्ति, टावर जलेर ध्वस्त
पोखरामा पनि एनसेललाई विपत्ति, टावर जलेर ध्वस्त
निषेधाज्ञा खुल्ने बित्तिकै रेल गुड्ने
धादिङमा उम्मेदवारका उस्ताउस्तै नारा
धादिङमा उम्मेदवारका उस्ताउस्तै नारा
बुहारी मार्ने अधिकारी पुर्पक्षमा
बुहारी मार्ने अधिकारी पुर्पक्षमा
भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !
भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !
हेटौँडा–भरतपुर प्रसारण लाइन निर्माणका लागि ठेकेदार छानियो
हेटौँडा–भरतपुर प्रसारण लाइन निर्माणका लागि ठेकेदार छानियो
श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख लाई फिर्ता बोलायो
सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख लाई फिर्ता बोलायो
गोविन्द केसीको बयानः प्रधानन्यायाधीशमाथि कडा छानबिन हुनुपर्ने
गोविन्द केसीको बयानः प्रधानन्यायाधीशमाथि कडा छानबिन हुनुपर्ने

तपाईंले छुटाउनुभयो कि?