नेकपा सचिवालय बैठक आज पनि निष्कर्षविहिन

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ ७, २०७६
|
|
५५ पटक हेरिएको
Shares
नेकपा सचिवालय बैठक आज पनि निष्कर्षविहिन

सारांश

  • आज बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले जिम्मेवारी बाँडफाँटमा सहमति जुटाउन सकेन ।
  • आजको बैठकमा राजनीति प्रतिवेदन पेश भएको थियो ।
  • तर, प्रतिवेदनमा भएका विवादित विषयमा सहमति नजुटेपछि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाललाई सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

आज बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले जिम्मेवारी बाँडफाँटमा सहमति जुटाउन सकेन । आजको बैठकमा राजनीति प्रतिवेदन पेश भएको थियो ।
तर, प्रतिवेदनमा भएका विवादित विषयमा सहमति नजुटेपछि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाललाई सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्यको कार्य्विभाजन र समसामयिक विषयबारे पनि छलफल भएको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक बस्न बसेको थियो । यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्य्िवभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्य्िवभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

नेकपाका केन्द्रीय सदस्यको काकार्यविभाजनबारे पटक÷पटक बैठक बसे पनि टुङग्याउन सकेको थिएन । नेकपाले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणका अन्य काम टुङग्याउने तयारी गरेको छ । यसअघि जेठ २१, २२ र २३ गते सचिवालय बैठक बसेको थियो ।

बाबुराम भट्टराई छोडेकी करिष्माले अब ओली वा प्रचण्ड रोज्ने !
चर्चित अभिनेत्री करिश्मा मानन्धरले आफूले बाबुराम भट्टराईको साथ छोड्नुको कारण खुलाएकी छिन् । अब उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने तयारी गरेकी छिन् । शुक्रबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब आफूले ओली र प्रचण्डलाई रोज्ने बताएकी छिन् ।

पत्रकार धमलाले करिश्मा मानन्धर पपुलर नाम हो । आज तपाई राजनीतिमा कहाँ हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भनिन्,‘राजनीतिमा कहिलेपनि प्रेडिक्टेवल हुँदैन । कतिवेला मान्छे कहाँ हुन्छ ?

उनले आफूलाई अहिलेपनि बाबुराम भट्टराई मनपर्ने नेता भएको सुनाईन् । तर, आफू भट्टराईको पछि नलागेको पनि उनले दाबी गरिन् । उनले भनिन्,‘म त विचार र पार्टीको पछि लागेकी हुँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?