रबि लामिछाने पक्राउ पर्दा करिष्मा मानन्धरको यस्तो स्टाटस

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १, २०७६
|
|
५६ पटक हेरिएको
Shares
रबि लामिछाने पक्राउ पर्दा करिष्मा मानन्धरको यस्तो स्टाटस

सारांश

  • न्यूज २४ टेलिभिजनका पत्रकार रबि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् ।
  • आफ्ना पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाको नाम मुछिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
  • लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले हिजो शुक्रबार आदेश दिएको छ ।

न्यूज २४ टेलिभिजनका पत्रकार रबि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् । आफ्ना पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाको नाम मुछिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले हिजो शुक्रबार आदेश दिएको छ ।

चर्चित अभिनेत्री करिश्मा मानन्धरले भने रवि लामिछाने पक्राउ प्रकरणमा आफ्नो सामाजिक सञ्जालमा गज्जबको पोष्ट गरेकी छिन् । उनले आफ्नो पोष्टमा लेखेकी छिन्, “राज्यको तवरबाट हुनुपर्ने कामकाज निजीतरबाट हुनु खतरानाक हुन्छ । नत्र किन चाहियो पार्लियामेन्ट, कन्स्टिच्यूसन, राज्य संयन्त्र ? यत्रो तिरो तिरिरहेका छौं । तपाईहरुले नैतिकता नगुमाएको भए यो समस्या आउने नै थिएन । अब गंगाले हात धुनेले आँट गरे । पहिल्यै भनेको थिएँ यस्तो स्वतन्त्रताले अराजकता निम्त्याउँछ । सानो देशको व्यवस्था र सम्बन्धित निकायलाई नियन्त्रणमा राख्न नसक्ने कस्तो सरकार ? अब भोग्नुस भेडाहरुको कोलाहल । सत्य तितो हुन्छ ।”

शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । लामिछानेको पक्ष र विपक्षमा अहिले जुलुश तथा प्रदर्शनी भैरहेका छन् । उनी समर्थकहरुले तत्काल रिहाईको माग गरेका छन् । रविलाई यो केशमा फसाईएको उनी समर्थकहरुको दाबी छ । चितवनमा लामिछाने समर्थक र प्रहरीबीच झडप पनि भैरहेको छ ।

https://www.facebook.com/karishma.manandhar.3/posts/2460824597327703

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
जीर्ण भवनमा कैदीबन्दी
जीर्ण भवनमा कैदीबन्दी
हचुवामा कर लगाउँदा देशैभर हंगामा : उपाध्यक्ष कडेल
हचुवामा कर लगाउँदा देशैभर हंगामा : उपाध्यक्ष कडेल
बिग बोस नेपाललाई चेतावनीका साथ रोक लगाउन सूचना
बिग बोस नेपाललाई चेतावनीका साथ रोक लगाउन सूचना
दसैंका लागि च्याङग्रा, खसीबोका किन्नेभए थापाथली जानुस् (मूल्यसहित)
दसैंका लागि च्याङग्रा, खसीबोका किन्नेभए थापाथली जानुस् (मूल्यसहित)
१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती
आइतबार भित्र लाइसेन्स छाप्ने मास प्रिन्टर आउने
आइतबार भित्र लाइसेन्स छाप्ने मास प्रिन्टर आउने
सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई अनुसन्धान गर्न १० दिनको म्याद थप
सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई अनुसन्धान गर्न १० दिनको म्याद थप
प्रधाननयायाधीशको पक्षमा केसीः पराजुलीको पक्षमा रक्षा कवज बनेर उभिने
प्रधाननयायाधीशको पक्षमा केसीः पराजुलीको पक्षमा रक्षा कवज बनेर उभिने
साथी भाई सँग टाढा  घुम्न जदा एक्दम रमाइलो लाग्छ:आर्जन
साथी भाई सँग टाढा घुम्न जदा एक्दम रमाइलो लाग्छ:आर्जन

तपाईंले छुटाउनुभयो कि?