भक्तपुरमा डेङ्गुको उच्च जोखिम

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २५, २०७६
|
|
५० पटक हेरिएको
Shares
भक्तपुरमा डेङ्गुको उच्च जोखिम

सारांश

  • देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ ।
  • एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ ।
  • जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिनुभयो ।

देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिनुभयो । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उहाँले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको जोखिममा रहेको बताउनुभयो ।

उहाँले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताउनुभयो ।

यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेङ्गु रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । उहाँले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेङ्गु रोग भएको बताउनुभयो ।

उहाँले भक्तपुर नगरपालिकाले डेङ्गु रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने, घरदैलो नर्सिङ सेवामार्फत डेङ्गु रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । सूर्यविनायक, चाँगुनारायण नगरपालिकाले पनि यो रोगबारे जनचेतना फैलाउँदै आएको छ ।

(https://www.newportworldresorts.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सामा नेपाल–भारत स्तम्भको खोजी
पर्सामा नेपाल–भारत स्तम्भको खोजी
काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम
काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम
जेन–जी समूहले केपी ओली र रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार
जेन–जी समूहले केपी ओली र रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार
गोविन्दराज जोशीको उम्मेदवारी खारेज
गोविन्दराज जोशीको उम्मेदवारी खारेज
पत्रकार विजय रानाको सहयोगार्थ कोरियाबाट आयो १ लाख १८ हजार
पत्रकार विजय रानाको सहयोगार्थ कोरियाबाट आयो १ लाख १८ हजार
नारायणमान बिजुक्छेले भने  ‘प्रचण्डले जनयुद्धमा भारतले गरेको सहयोगको ऋण तिर्न थाले’
नारायणमान बिजुक्छेले भने ‘प्रचण्डले जनयुद्धमा भारतले गरेको सहयोगको ऋण तिर्न थाले’
सर्वदलीय बैठकले के के निर्णय गर्‍याे?
सर्वदलीय बैठकले के के निर्णय गर्‍याे?
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित
बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित
नेपाललाई लगातार ४ झट्का, अारिफ र दिपेन्द्र क्रिजमा !
नेपाललाई लगातार ४ झट्का, अारिफ र दिपेन्द्र क्रिजमा !

तपाईंले छुटाउनुभयो कि?