इन्द्रदहमा भव्य मेला, बिहानैदेखि दर्शनार्थीको घुइँचो

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २८, २०७६
|
|
४७ पटक हेरिएको
Shares
इन्द्रदहमा भव्य मेला, बिहानैदेखि दर्शनार्थीको घुइँचो

सारांश

  • भक्तलपुरको दूधपाटीस्थित इन्द्रदह अर्थात् सिद्ध पोखरीमा आज भव्य मेला लागेको छ ।
  • आज पूर्णिमाको दिन बिहानैदेखि इन्द्रदहमा स्थान गरी इन्द्रको पूजा गर्नेहरुको घुइँचो लागेको छ ।
  • भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी ‘द्यो छें’बाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई शुक्रबार साँझ खटमा राखेर नगर परिक्रमा गरी इन्द्रदह अर्थात् सिद्ध पोखरी पु¥याएपछि मेला सुरु भएको थियो ।

भक्तलपुरको दूधपाटीस्थित इन्द्रदह अर्थात् सिद्ध पोखरीमा आज भव्य मेला लागेको छ । आज पूर्णिमाको दिन बिहानैदेखि इन्द्रदहमा स्थान गरी इन्द्रको पूजा गर्नेहरुको घुइँचो लागेको छ ।भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी ‘द्यो छें’बाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई शुक्रबार साँझ खटमा राखेर नगर परिक्रमा गरी इन्द्रदह अर्थात् सिद्ध पोखरी पु¥याएपछि मेला सुरु भएको थियो । भाद्र शुक्ल चतुर्थीका साँझ दिपावली गरी रातभरी मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट स्नान गरी इन्द्रको पूजा गर्ने परम्परा रहेको छ ।

आज पूर्णिमाको दिन मेला लाग्ने र आजै साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी यात्रा गर्दै द्यों छेमा भित्राएपछि मेला सम्पन्न हुने परम्परा रहेको छ । द्वापर युगमा इन्द्रले कृष्णसँग रिसाएर ग्वालालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवद्र्धन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा इन्द्रदहमा मेला लाग्ने गरेको भनाइ छ ।

स्थानीयवासी इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्रदह रहन गएकोे हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्थायी आवासका लागि थप चौबिस करोड रुपैयाँ निकासा
अस्थायी आवासका लागि थप चौबिस करोड रुपैयाँ निकासा
चिया मजदुरको तलब दुई दिनभित्र दिन मन्त्री विष्टको निर्देशन
चिया मजदुरको तलब दुई दिनभित्र दिन मन्त्री विष्टको निर्देशन
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
निर्मला हत्या प्रकरणको प्रतिवेदन गृहमन्त्रीको हातमा, दोषी समातिएलान् ?
निर्मला हत्या प्रकरणको प्रतिवेदन गृहमन्त्रीको हातमा, दोषी समातिएलान् ?
सात करोड खर्च भयो, १७ लाख अभावमा क्रिकेट मैदान चलेन
सात करोड खर्च भयो, १७ लाख अभावमा क्रिकेट मैदान चलेन
आज भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, सुरक्षा व्यवस्था कडा
आज भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, सुरक्षा व्यवस्था कडा
कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध
कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध
नेकपाका नेता चौलागाईंलाई पितृ शोक
अर्घाखाँचीमा दुर्घटनामा एकजनाको मृत्यु
अर्घाखाँचीमा दुर्घटनामा एकजनाको मृत्यु
Breaking News ललितपुर महानगर मेयरमा एमाले अगाडी
Breaking News ललितपुर महानगर मेयरमा एमाले अगाडी

तपाईंले छुटाउनुभयो कि?