एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २९, २०७६
|
|
५९ पटक हेरिएको
Shares
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै

सारांश

  • राजधानीको भृकुटीमण्डपमा जारी सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा शनिबार मात्र २४ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
  • बुधबारदेखि सुरु भएको एक्स्पोमा सुरुदेखि नै अवलोकनकर्ताको भिड लागेको थियो ।
  • एक्सपोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार शनिबारसम्ममा ६६ हजारभन्दा बढीले एक्सपो अवलोकन गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा जारी सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा शनिबार मात्र २४ हजारभन्दा बढीले अवलोकन गरेका छन् । बुधबारदेखि सुरु भएको एक्स्पोमा सुरुदेखि नै अवलोकनकर्ताको भिड लागेको थियो । एक्सपोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार शनिबारसम्ममा ६६ हजारभन्दा बढीले एक्सपो अवलोकन गरेका छन् ।

‘शुक्रबारसम्ममा ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए । शनिबार मात्र २४ हजारले अवलोकन गरेका छन् । आइतबारसम्ममा ८० हजार बढीले मेला अवलोकन गर्ने अवस्था देखिएको छ ।’ इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने । प्रदर्शनीस्थलमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको छ ।

शनिबार ११५ प्रिन्ट रगत संकलन भएको फर्नेक्स २०१९ का संयोकज मनीष अग्रवालले बताए । अग्रवालले शनिबार अवलोकनकर्ताको बाक्लो उपस्थितीका साथै रक्तदाताको सक्रिय सहभागिताले आफुहरु उत्साहित बनेको अग्रवालले बताए । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई जेम फ्लोरिङले शिर्ष प्रायोजन गरेको छ ।

एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसीएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट छ ।

एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ ।

यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बनेको छ । एक्स्पो आइतबार समापन हुनेछ । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्यको नयाँ कीर्तिमान कायम, कति पुग्यो तोलाको ?
सुनको मूल्यको नयाँ कीर्तिमान कायम, कति पुग्यो तोलाको ?
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’
कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’
अब बसाइँ सरेका ठाउँबाट पनि नागरिकता
अब बसाइँ सरेका ठाउँबाट पनि नागरिकता
कुन नेताको मतदान केन्द्र कहाँ ?
कुन नेताको मतदान केन्द्र कहाँ ?
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने
शैक्षिक अभियन्ता तेन्जिङ भुटिया चुनावी मैदानमा, संखुवासभाको मुहार फेर्ने प्रतिबद्धता
शैक्षिक अभियन्ता तेन्जिङ भुटिया चुनावी मैदानमा, संखुवासभाको मुहार फेर्ने प्रतिबद्धता
एएफसीका प्रतियोगिता खेल्न अयोग्य भए नेपालका ए डिभिजन फुटबल क्लब
एएफसीका प्रतियोगिता खेल्न अयोग्य भए नेपालका ए डिभिजन फुटबल क्लब
धनुषा क्षेत्र ४ मा एमालेका रघुवीर महासेठले अग्रता लिए
धनुषा क्षेत्र ४ मा एमालेका रघुवीर महासेठले अग्रता लिए
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

तपाईंले छुटाउनुभयो कि?