एएफसीका प्रतियोगिता खेल्न अयोग्य भए नेपालका ए डिभिजन फुटबल क्लब

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १६, २०७७
|
|
५१ पटक हेरिएको
Shares
एएफसीका प्रतियोगिता खेल्न अयोग्य भए नेपालका ए डिभिजन फुटबल क्लब

सारांश

  • नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् ।
  • एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली फुटबल महासङ्घको आधिकारिक प्रतियोगिता खेल्न नपाउने भएका हुन् ।
  • अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली क्लबलाई लाइसेन्स दिनका लागि एएफसीलाई अनुरोध गरेको थियो ।

नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली फुटबल महासङ्घको आधिकारिक प्रतियोगिता खेल्न नपाउने भएका हुन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली क्लबलाई लाइसेन्स दिनका लागि एएफसीलाई अनुरोध गरेको थियो । एएफसीले मापदण्ड नपुगेको भन्दै नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स दिन अस्वीकार गरेको एन्फाले जनाएको छ । एएफसीका प्रतियोगिता खेल्न एएफसी क्लब लाइसेन्स अनिवार्य मानिन्छ ।

सन् २०२१ का लागि नेपालका १३ ए डिभिजन क्लबले निवेदन दिएका थिए । एएफसीले नेपाली क्लबमध्ये त्रिभुवन आर्मी क्लबको निवेदनबारे सकारात्मक प्रतिक्रिया दिएको एन्फाले जनाएको छ । लाइसेन्सका लागि एन्फाले पुनः एएफसीसँग अनुरोध गर्ने भएको छ । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । गत सिजन बी डिभिजन लिगमा घटुवा भएको सरस्वती युथ क्लबले भने क्लब लाइसेन्स आवदेन प्रक्रियामा थिएन ।

क्लब लाइसेन्सका लागि क्लबको आफ्नै खेल मैदान, युवा टोली, एकेडेमी, खेलाडी बसोबासको व्यवस्था, प्रशिक्षण गर्ने स्थान, खेलाडी, प्रशिक्षक र पदाधिकारी हुनुपर्नेलगायत मापदण्डको व्यवस्था गरिएको छ । लाइसेन्सका लागि मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सङ्कटा क्लब, न्यूरोड टिम एनआरटी क्लब, च्यासल युथ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्डस् क्लब, एपीएफ क्लब र ब्रिगेड ब्वाइज क्लबले निवेदन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाइलटले त्यही जहाज सोमबार क्यानडाबाट बंगलादेश ल्याएका थिए, दुर्घटनाले उब्जाएका सात प्रश्न
पक्राउ परे आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा
पक्राउ परे आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा
मुक्तिनाथ पुगे मोदी : धार्मिक पर्यटनको मार्ग थप प्रशस्त
मुक्तिनाथ पुगे मोदी : धार्मिक पर्यटनको मार्ग थप प्रशस्त
तीनकुनेको ए वान क्याफेबाट हतियारसहित ७ जना पक्राउ
तीनकुनेको ए वान क्याफेबाट हतियारसहित ७ जना पक्राउ
नौ मन्त्री नौला, अरू पुरानै अनुहार
नौ मन्त्री नौला, अरू पुरानै अनुहार
कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा : उपाध्यक्ष कँडेल
कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा : उपाध्यक्ष कँडेल
चिसो मौसममा निर्वाचनको तापक्रम बढ्दै
चिसो मौसममा निर्वाचनको तापक्रम बढ्दै
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
प्रदेश २ सरकारले दियो बकर इदमा सार्वजनिक विदा
प्रदेश २ सरकारले दियो बकर इदमा सार्वजनिक विदा

तपाईंले छुटाउनुभयो कि?