देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना ! विजय दशमी २०७६ को हार्दिक मंगलयमय शुभकामना !

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १२, २०७६
|
|
४९ पटक हेरिएको
Shares
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना ! विजय दशमी २०७६ को हार्दिक मंगलयमय शुभकामना !

सारांश

  • दिनेश ढकाल ( बास्तब ) मक्किएको जमरा, निधारको टिका, दुर्गा भवानीको मन्दिर, नयाँ कपडा, लिंगे पिङ, खसिको भुटन, आमा सँगको भलाकुसारि, बुवा दाजुभाइसँगको गनथन, साथीसंगि सँगको रमार्इलो एक एक गरेर आँखा अगाडी आउँने गर्दछन ।
  • तर आजको वास्तविकता बेग्लै छ,नेपालीहरुमा द्दण्ठट सालको बडादशैं अर्थात विजया दशमीको रौनक छाइसकेको छ ।
  • नेपालको राष्ट्रिय पर्वको रुपमा मनाइने दशैं हिन्दु धर्मावलम्बीहरुले असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिको आराधना गरी दशौं दिन अर्थात दशमीको दिन टीका–प्रसाद ग्रहण गरेर सम्पन्न गरिन्छ भने पूर्णिमासम्म प्रसाद ग्रहण गरिन्छ ।

दिनेश ढकाल ( बास्तब ) मक्किएको जमरा, निधारको टिका, दुर्गा भवानीको मन्दिर, नयाँ कपडा, लिंगे पिङ, खसिको भुटन, आमा सँगको भलाकुसारि, बुवा दाजुभाइसँगको गनथन, साथीसंगि सँगको रमार्इलो एक एक गरेर आँखा अगाडी आउँने गर्दछन । तर आजको वास्तविकता बेग्लै छ,नेपालीहरुमा द्दण्ठट सालको बडादशैं अर्थात विजया दशमीको रौनक छाइसकेको छ ।नेपालको राष्ट्रिय पर्वको रुपमा मनाइने दशैं हिन्दु धर्मावलम्बीहरुले असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिको आराधना गरी दशौं दिन अर्थात दशमीको दिन टीका–प्रसाद ग्रहण गरेर सम्पन्न गरिन्छ भने पूर्णिमासम्म प्रसाद ग्रहण गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाको दिनमा जमरा राखेर दशमीको दिन जमरा र रातो टिका लगाएर सम्पन्न गरिन्छ ।विजया दशमीको दिन भगवतिले दानवमाथि र रामले रावणमाथि विजय हाँसिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाउने चलन चल्दै आएको पाइन्छ ।दशै केवल पर्वमात्र नभई ठूलो धनराशीको कारोबार हुने पर्व पनि हो, समय हो । अर्थतन्त्र बढी चलायमान हुन्छ । मानिसहरु विभिन्न उपभोग्य वस्तु खरिदका लागि पनि दशैं नै पर्खने गर्दछन् भने व्यापारीहरु दशैंमा ठूलो धनराशीको व्यापार गर्ने सपना राखेका हुन्छन् ।

दशैंमा अबौंको मासुजन्य पदार्थको कारोबार हुन्छ । खसी, बोका, भेडा, च्याङग्रा कतिपयले दशैंका लागि नै हुर्काएको पाइन्छ । अर्बौंका लत्ताकपडा, सवारीसाधन, खाद्यान्न लगायतमा खर्च गरेको पाइन्छ । लाखौं मानिसहरु आफ्नो घर फर्किने समय भएकाले सामान खरिद गरेर लैजान्छन् । यसले खर्च उत्तिकै बढाएको छ भने व्यापार पनि उस्तै भइरहेको देखिन्छ । तर, यस्ता पर्वमा अनावश्यक क्षेत्रमा धेरै खर्च गर्ने प्रवृत्तिले गरिबी अझैं बढाउँदै लगेको छ ।

अझ दशैंमा देखासिकी गर्ने प्रवृत्ति खराब पक्ष हो पनि भन्न सकिन्छ । नेपाल सरकारले पनि दशैंलाई लक्षित गरी सुपथ खरिद आयोजनाहरु सञ्चालन, नयाँ नोट उपलब्ध गराउने काम गरेको छ । अहिले विदेशबाट नेपाल फर्किनेको पनि घुँइचो छ । यस समयमा विदेशबाट अधिकाशं रेमिट्यान्स् नेपाल भित्रिएको पाइन्छ जुन उत्पादन क्षेत्रमा खर्च नभई केवल उपभोग्य क्षेत्रमा खर्च हुँदा रकमको सदुपयोग भएको पाइदैन ।

मानिसहरु दशैंमा गर–गहना, सम्पत्ति जोहो गर्ने समय पनि हो । यसले चोरी पनि उत्तिकै बढाउँछ त्यसैकारण सुरक्षामा पनि उस्तै कदम चाल्नुपर्ने देखिन्छ ।त्यस्तै दशैंमा अधिकाशं मानिस घर फर्किने गर्छन् । चाहे ती स्वदेशका अन्य भागबाट हुन् या विदेशबाट । अझ भन्नुपर्दा ५० लाख जनसंख्या रहेको काठमाडौं दशैंमा शून्य जस्तै हुन्छ । फाट्टफुट्ट मानिस भेट्न पनि मुस्किल पर्छ काठमाडौंमा । किनकि यो सानो खाडलमा देशका अधिकाशं मानिस थुप्रिएका छन् । त्यस्तै, घर फर्किनेका लागि गाडी नपाउने अवस्था भैसकेको छ ।

जेनतेन मानिसहरु घर फर्किरहेकै छन् । यस्ता पर्वमा मानिसहरुको आवातजावात बढी हुने हुँदा अन्य समयमाभन्दा बढी दुर्घटना भइरहेको प्रशस्त उदाहरण छन् । दशैंको मुखमा केही ठाउँहरु भने यसबाट विमुख नै रहेको पाइन्छ ।दशैं खुसीको चाडवाड हो । मिलनको चाडबाड हो तर विभिन्न बहाना बनाएर अधिक खर्च गर्ने, देखासिकी गर्ने कार्य बन्द गर्नुपर्छ ।सम्पुर्ण देश तथा बिदेशमा रहनुभएका नेपाली दाजुभाई, दिदिबहिनि तथा , आमा बुवालाई बिजयादशमि तथा शुभदिपावलिको हार्दिक मंगलमय शुभकामना, ब्यक्त गर्दछु। यसपालीको दशैं सबैको सुखमय बितोस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै
एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै
गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?
गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?
महाशिवरात्रिको अवसर पारेर पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने
महाशिवरात्रिको अवसर पारेर पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ
सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ
सीजीनेटले ल्यायो ‘सुपर भ्यालु प्लान’
सीजीनेटले ल्यायो ‘सुपर भ्यालु प्लान’
चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि
चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि
युवासंघ रुपन्देहीले  दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
युवासंघ रुपन्देहीले दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु , नौ घाइते
रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु , नौ घाइते
कम्यूनिष्टले नेपालमा सफलता पाउनुको कारण जबज होः सहसंयोजक पौडेल
कम्यूनिष्टले नेपालमा सफलता पाउनुको कारण जबज होः सहसंयोजक पौडेल

तपाईंले छुटाउनुभयो कि?