एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १४, २०७९
|
|
५६ पटक हेरिएको
Shares
एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै

सारांश

  • काठमाडौँ ।
  • नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा आगामी सहयात्रा, मन्त्रिमण्डल बिस्तार, प्रदेश सरकार गठन र सत्ता साझेदारीमा अन्य दललाई समेत सहभागी गराउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

काठमाडौँ । नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा आगामी सहयात्रा, मन्त्रिमण्डल बिस्तार, प्रदेश सरकार गठन र सत्ता साझेदारीमा अन्य दललाई समेत सहभागी गराउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि, बुधवार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको थियो। दुई नेताबीचको भेटमा जनतालाई सेवा प्रवाह र सुशासनका सन्दर्भमा गरेका निर्णयलाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो ।

आजको बैठकमा उपराष्ट्रपति, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ। राष्ट्रपति र सभामुख भने नेकपा एमाले लिने यसअघि नै सहमति भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?