रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु , नौ घाइते

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ५, २०८०
|
|
६१ पटक हेरिएको
Shares
रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु , नौ घाइते

सारांश

  • जाजरकोट।
  • रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
  • आठबीसकोट-१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो।

जाजरकोट। रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

आठबीसकोट-१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो। ट्रयाक्टरमा जस्तापाता रहेको जनाइएको छ।

दुर्घटनामा परी आठबीसकोट-१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए।

यस्तै दुर्घटनामा आठबीसकोट-१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिका अनुसार सो दुर्घटना गए राति करिव १०: १५ बजे भएको कार्यालयले जनाएको छ। विज्ञप्तिका अनुसार सो दुर्घटनामा अन्य नौजना घाइते भएका छन्।

घाइते हुनेमा आठबीसकोट-८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबीसकोट-१० का ३८ वर्षीय रमेश सार्की, आठबीसकोट-८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमारघर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन्।

घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उक्त ट्रयाक्टरका चालक आठबीसकोट-९ का २१ वर्षीय गोपाल विक फरार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुलाहालाई बलात्कारको आरोप लागेपछि…
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
कृषि सहकारी सस्थाको अध्यक्षद्वारा किर्ते भरपाई
कृषि सहकारी सस्थाको अध्यक्षद्वारा किर्ते भरपाई
क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन मृत शिशु
क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन मृत शिशु
संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा
संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा
विद्यार्थी संगठनको अराजकताले नेपाल ल क्याम्पसकाे भर्ना डामाडाेल
विद्यार्थी संगठनको अराजकताले नेपाल ल क्याम्पसकाे भर्ना डामाडाेल
झापाको दमकबाट २२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक पक्राउ
झापाको दमकबाट २२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक पक्राउ
क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७
क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७
काकडभिट्टालगायतको ट्राफिक व्यवस्थापन सहज बनाउने
काकडभिट्टालगायतको ट्राफिक व्यवस्थापन सहज बनाउने
नेपालीको टेलिफोन खर्च मासिक तीन सय
नेपालीको टेलिफोन खर्च मासिक तीन सय

तपाईंले छुटाउनुभयो कि?