केपी ओली र हिमानी एउटै जहाजमा फर्किए नेपाल, के यो संयोग हो ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ४, २०७४
|
११
|
५३ पटक हेरिएको
Shares
केपी ओली र हिमानी एउटै जहाजमा फर्किए नेपाल, के यो संयोग हो ?

सारांश

  • काठमाडौं, ४ माघ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वयुवराज्ञी हिमानी शाह एकै जहाजमा बुधबार थाइल्याण्डबाट स्वदेश फिर्ता भएका छन् ।
  • ओली र हिमानी थाई एयरवेजको टीजी ३१३ कलसाइनको विमानबाट विहीवार १२ः४६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए ।

काठमाडौं, ४ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वयुवराज्ञी हिमानी शाह एकै जहाजमा बुधबार थाइल्याण्डबाट स्वदेश फिर्ता भएका छन् । ओली र हिमानी थाई एयरवेजको टीजी ३१३ कलसाइनको विमानबाट विहीवार १२ः४६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए ।

एउटै जहाजमा हिमानी र ओली फर्किए तापनि त्यो संयोगमात्रै भएको बताइएको छ । एमाले अध्यक्ष ओलीको समाचार संकलनका लागि पुगेका विष्णु फडेराका अनुसार ओली विमानस्थलको विशिष्ट कक्षमा पत्रकार सम्मेलनमा हुँदा हिमानी बाहिरिएकी थिइन् । हिमानीलाई स्वागत गर्न उनका समर्थकहरु त्यहाँ पुगेका थिए ।

पूर्वयुवराज्ञी हिमानी पुस २१ गते थाइल्याण्ड गएकी थिइन् । उनी थाइल्याण्ड जानुको कारण भने थाहा हुन सकेको छैन । राजनीतिक वृत्तमा केपी शर्मा ओली, हिमानी र भारतका पूर्व गुप्तचर प्रमुखबीच भेटवार्ता भएको सनसनीपूर्ण समाचार पनि सार्वजनिक भएका थिए । यसैलाई संकेत गर्दै ओलीले आफ्नो उपचारबाहेक अरु कुनै भेटघाट बताएका छन् ।

अध्यक्ष ओलीले जनतालाई सुसूचित गर्ने काम मिडियाको हो भन्दै कथाकारले जस्तै अनेकन कथा बुन्न थालेको र नेपालमा कथाकारहरुको कुनै कमि नभएको भन्दै व्यंग्य कसेका थिए ।
ओली गत पुस २६ गते नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका थिए ।

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Sattal Lama

    के भयाे त

    Comment Author

    Mohan Kayasta

    Good understanding. Himani has done no harm to Nepal.

    Comment Author

    Badri Man Joshi

    के हिमानी देश को लागि खराब हो र ?

    Comment Author

    Dev Bdr Maharjan

    के ओली र हिमानी एउटै जहाजमा आउन हुदैन ?

    Comment Author

    Bishnu Rai

    यसलाई एउटा संयोग मात्रै लिनु होला जतासुकै जताभाबी कुरा नगर्नु होला ।

    Comment Author

    Prakash Shrestha

    राजतन्त्रको सुरूवात हो यो…..!????

    Comment Author

    Nirmala Shrestha

    Hone

    Comment Author

    Ambar Gauli

    के एउटै जहाज मा यात्रा गर्नु बन्देज छर।त्यो पनि राजपरिवार लाई

    Comment Author

    Narayan Sedhai

    संघियता असफल बनाउने खेल सुरु !!!

    Comment Author

    Nema Tamang Moktan

    Ani himani chahi bus aaunu parne hora??

    Comment Author

    Purna Subba

    Timro bau le single single plane kinideko xa ra

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण
काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण
भक्तपुरमा महेश बस्नेतलाई हराउनकै लागि दुर्लभ थापालाई टिकट !
भक्तपुरमा महेश बस्नेतलाई हराउनकै लागि दुर्लभ थापालाई टिकट !
सिके राउतसहित ५ जनालाई थप १५ दिन थुनामा राख्न अादेश !
सिके राउतसहित ५ जनालाई थप १५ दिन थुनामा राख्न अादेश !
“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा
“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा
चालु वर्षबाट राजधानीलाई धुलोधुवा मुक्त बनाउने प्रमुख शाक्यको योजना
चालु वर्षबाट राजधानीलाई धुलोधुवा मुक्त बनाउने प्रमुख शाक्यको योजना
बिभिन्न सेलिब्रिटीका बीच नायिका स्वेता खडकाको जन्मदिन
बिभिन्न सेलिब्रिटीका बीच नायिका स्वेता खडकाको जन्मदिन
Oli back home from China
Oli back home from China
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2
थानकोट नाका :लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु
थानकोट नाका :लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु
एक सयभन्दा बढी आईएस लडाकु मारिए
एक सयभन्दा बढी आईएस लडाकु मारिए

तपाईंले छुटाउनुभयो कि?