संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा

सारांश

  • दाङ, १७ माघ ।
  • माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दाङको टोलीले महेन्द्र मावि स्युजामा संगठन विस्तारमा जाँदा कक्षा कोठाका भित्ताहरुहरुमा अनावश्यक कुराहरु लेखिएका प्रष्ट देख्न सकिन्थ्यो ।
  • उक्त विद्यालयमा संगठन विस्तार गर्न जाँदा अखिल क्रान्तिकारी दाङका संयोजक जङ्ग रोकाले विद्यालयको भित्ताहरुमा अनावश्यक कुरा लेखेको देख्दा दुख मान्दै विद्यार्थी एवम् शिक्षकहरुसँग जिज्ञासा राखेका थिए ।

दाङ, १७ माघ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दाङको टोलीले महेन्द्र मावि स्युजामा संगठन विस्तारमा जाँदा कक्षा कोठाका भित्ताहरुहरुमा अनावश्यक कुराहरु लेखिएका प्रष्ट देख्न सकिन्थ्यो । उक्त विद्यालयमा संगठन विस्तार गर्न जाँदा अखिल क्रान्तिकारी दाङका संयोजक जङ्ग रोकाले विद्यालयको भित्ताहरुमा अनावश्यक कुरा लेखेको देख्दा दुख मान्दै विद्यार्थी एवम् शिक्षकहरुसँग जिज्ञासा राखेका थिए ।

जवाफमा विद्यालय प्रशासनले आर्थिक अभावका कारण उक्त भित्ताहरुमा लेखिएको पेन्ट गर्न नसकेको गुनासो गरेका थिए । लगत्तै संगठन विस्तार भयो र संयोजक जङ्ग रोकाले आफ्नो संगठनको अगुवाइमा सरसफाई गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिवद्धता बमोजिम अखिल क्रान्तिकारी महेन्द्र मावि स्युजा मुल ईकाई कमिटीको आयोजना र अखिल क्रान्तिकारी दाङको समन्वय र युनिक हार्डवेयरका प्रोप्राइटर खिमानन्द कालाथोकीको १० केजी पेन्टको सौजन्यमा विद्यालयका कोठाहरु एवम् विद्यालय प्राङ्गण सरसफाई गरिएको अखिल क्रान्तिकारी दाङका संचार विभाग सहसंयोजक गिरबहादुर महराले जानकारी दिए ।

सरसफाईपछि इकाई अध्यक्ष नवराज घर्तीको अध्यक्षता र अखिल क्रान्तिकारी दाङका संयोजक जङ्ग रोकाको प्रमुख आतिथ्यता तथा विद्यालयका निमित्त प्रधानाध्यापक खिमानन्द कालाथोकीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा बोल्दै प्रमुख अतिथि रोकामगरले रचनात्मक कार्यक्रम गर्नु आफ्नो दायित्व भएको बताए ।

कार्यक्रममा बोल्दै निमित्त प्रअ कालाथोकीले विद्यालयमा रचनात्मक कार्य गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा अखिल क्रान्तिकारी दाङका जिल्ला भेला आयोजक समिति सदस्य अर्जुन विश्वकर्माले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण इकाई सचिव वेदना सुनारले गरेकी थिइन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Suman Roka Magar

    yo ho lain

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?