माधव नेपाललाई विश्वासमा लिँदै प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
माधव नेपाललाई विश्वासमा लिँदै प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्बन्ध सुधारको प्रयास भएको छ।
  • प्रधानमन्त्री ओलीले मंगलबार सरकारी निवास बालुवाटारमै नेता नेपाललाई बोलाएर लामो समय कुराकानी गरी सम्बन्ध सुधारको प्रयास गरेका हुन्।

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्बन्ध सुधारको प्रयास भएको छ। प्रधानमन्त्री ओलीले मंगलबार सरकारी निवास बालुवाटारमै नेता नेपाललाई बोलाएर लामो समय कुराकानी गरी सम्बन्ध सुधारको प्रयास गरेका हुन्। भदौ ५ पछि दुवै नेताबीच एक्लाएक्लै भेटघाट भएको छैन। पार्टी अध्यक्षसमेत रहेका ओली र नेता नेपालबीच भेटघाट भएको नेता नेपालको सचिवालयले पुष्टि गरेको छ।

भेटघाटमा व्यक्ति सम्बन्ध पार्टी्भित्रको उत्तारचढाव र दुई नेताहरूबीच पछिल्ला दिनमा भेटघाट नभएको विषयमा समेत कुराकानी भएको थियो। ‘बालुवाटारबाट फोन आएपछि उहाँ जानुभएको थियो तर के विषयमा कुराकानी भयो भन्नेबारे भने जानकारी भएन,’ नेपाल सचिवालयले भन्यो। नेपालनिकट नेताहरू र बालुवाटारले भने भेटघाटको विषयलाई बाहिर ल्याउन चाहेको छैन। भदौ ५ मा सचिवालय बैठकमै दुई नेताहरूबीच विवाद भएपछि त्यसयता एक्लै भेटघाट वा फोनमा समेत कुराकानी भएको थिएन।

प्रधानमन्त्री स्वास्थ्य उपचारमा सिंगापुर जाने बेला नेता नेपालले स्वास्थ्य लाभको शुभकामना दिँदा सो शुभकामना आवश्यक नभएको भन्दै ओलीले स्वास्थ्यलाभको शुभकामना नै अस्वीकार गरेपछि दुई नेताहरूबीचको सम्बन्ध चिसिएको थियो। दुईै नेताहरूबीच सम्बन्ध चिसिएपछि औपचारिक बैठकमा बाहेक ओली–नेपाल भेटघाट बन्द भएको थियो। भेटमा पनि दुई नेताहरू खास खुलेर बोल्ने गरेका थिएनन्। मंगलबारको भेटमा दुवै नेताले आ–आफ्ना कमीकमजोरीबारे कुराकानी गरेको हुन सक्ने बताइएको छ। मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेका बेला दुवै नेताहरूबीच भएको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ।

पार्टी अध्यक्ष ओलीसँग सम्बन्ध चिसिएपछि भदौ ३० गते नेपाललाई नबोलाई ओलीले सचिवालयको बैठक राख्न खोजेका थिए। त्यस दिन ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, रक्षामन्त्री ईश्वर पोखरेलसँग मात्रै भेटघाट गरेका थिए। सो भेटघाटमा वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाइएको थिएन। भदौ ५ गतेभन्दा अघि बसेको सचिवालय बैठकले नेता नेपालको वरीयता खोसिएको थियो। त्यसपछि बसेका बैठकहरूमा ओलीले नेता नेपाललाई पेल्दै आएका थिए।

पार्टीका नेताहरूलाई नयाँ जिम्मेवारीका साथै मर्यादाक्रम हेरफेरसँगै प्रधानमन्त्री ओली र नेता नेपालबीच चुलिएको विवाद व्यक्तिगत आरोप–प्रत्यारोपमा समेत पुगेको थियो। प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेपालले स्वास्थ्य लाभका लागि दिएको शुभकामनासमेत प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि बोलचाल नै बन्द भएको थियो। नेता नेपालले आफ्नो स्वास्थ्यबारे नकारात्मक टिप्पणी गर्दै हिँडेको भन्दै प्रधानमन्त्री ओलीले शुभकामना अस्वीकार गरेका थिए। File Photo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !
कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !
फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)
फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)
निर्मलाको सामुहिक बलात्कार भएको ठहर: गृहमन्त्रालय
निर्मलाको सामुहिक बलात्कार भएको ठहर: गृहमन्त्रालय
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
अभिनेत्री पूजा शर्मा बोर्ड अध्यक्ष निकिता पौडेल संग आक्रोषित
अभिनेत्री पूजा शर्मा बोर्ड अध्यक्ष निकिता पौडेल संग आक्रोषित
बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण
बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण
ज्योतिष शास्त्रअनुसार २०८० सालको ग्रह योग
ज्योतिष शास्त्रअनुसार २०८० सालको ग्रह योग
नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट
नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज
चक्रवात फानीको असर आज नेपालमा पनि देखिने, सतर्क रहन सुझाव
चक्रवात फानीको असर आज नेपालमा पनि देखिने, सतर्क रहन सुझाव

तपाईंले छुटाउनुभयो कि?