राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण सम्पन्न

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक ३, २०७६
|
|
५८ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण सम्पन्न

सारांश

  • विशेष प्रतिनिधि श्याम रिमाल : म्यानमार, ३ कात्तिक ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा गर्नुभएको पाँचदिने राजकीय भ्रमण पूरा गरेकी छिन् ।
  • उनी गत असोज २९ गते यहाँ आईपुगेकी हुन् ।

विशेष प्रतिनिधि श्याम रिमाल : म्यानमार, ३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा गर्नुभएको पाँचदिने राजकीय भ्रमण पूरा गरेकी छिन् । उनी गत असोज २९ गते यहाँ आईपुगेकी हुन् । उनले आजदेखि यही कात्तिक ५ गतेसम्म जापान भ्रमण गर्दै छिन् ।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता गरे ।

राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु ची र कमान्डर इन चिफले पनि भेट गरे । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलले नेपितमा जेम्स म्युजियम(रत्न पत्थर आदि सङ्ग्रहालय)को अवलोकन ग¥यो ।

त्यस्तै पिन ऊ लिनमा दुर्गा मन्दिर, नेशनल कान्दायजी पार्क, प्राचीन मन्दिर चैत्य आदिको शहर बगानको भ्रमण, पुरानो राजधानी यङ्गोनमा आङ सान सङ्ग्रहालय, महाविजय चैत्य र श्वेदागोन चैत्य अवलोकन पनि भयो । यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका विभिन्न मुद्राका ३० मूर्ति पनि प्रदान ग¥यो जुन लुम्बिनी विकास कोषको लुम्बिनी सङ्ग्रहालयमा राखिने छ । श्वेदागोन चैत्य क्षेत्रमा राष्ट्रपतिले लुम्बिनी चित्रकला प्रदर्शनीको पनि उद्घाटन गरे ।

राष्ट्रपतिसँग नेपाली मूलका बर्मेलीहरुसँग भेटघाट हुनाका साथै म्यान्मा नेपालमैत्री सङ्घ र म्यान्मा नेपाल चेम्बर अफ कमर्शको आयोजनामा विचार गोष्ठी पनि सम्पन्न भएको छ । म्यान्माका लागि नेपालका राजदूतले राष्ट्रपतिको सम्मानमा रात्रिभोजको पनि आयोजना गरेका थिए । राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल जापानी सम्राट्को यही कात्तिक ५ गते हुने राज्याभिषेक समारोहमा सहभागी भई कात्तिक ६ गते स्वदेश फर्कनेछ ।

(kidsrkids.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पपीडितका लागि घरमै पुगेर बैंक खाता
भूकम्पपीडितका लागि घरमै पुगेर बैंक खाता
एमसीसी अब के हुन्छ ?
दशैंमा घर जाने हो ? असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ
दशैंमा घर जाने हो ? असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ
ट्रक र ट्याक्सी ठोक्किएर दुईको मृत्यु, १० घाइते
ट्रक र ट्याक्सी ठोक्किएर दुईको मृत्यु, १० घाइते
सुन तस्कर प्रकरण:  माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री  थापा
सुन तस्कर प्रकरण: माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री थापा
उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो
उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो
व्यापार युद्धको खतरा: चीनले व्यापार वार्ताबारे ‘सम्झौता तोडेको’ ट्रम्पको आरोप
व्यापार युद्धको खतरा: चीनले व्यापार वार्ताबारे ‘सम्झौता तोडेको’ ट्रम्पको आरोप
यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह
यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत
नेपालको मौसम अध्ययन गरी फर्कियो ७० हजार फिट उचाइमा उड्ने रुसी विमान
नेपालको मौसम अध्ययन गरी फर्कियो ७० हजार फिट उचाइमा उड्ने रुसी विमान

तपाईंले छुटाउनुभयो कि?