एमसीसी अब के हुन्छ ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ८, २०७८
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • लामो रस्साकस्सीबीच प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ ।
  • सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताको प्रस्ताव पारित गरियोस् भनी सदनमा पेश गरेका हुन् ।
  • प्रस्ताव पेश गर्दा अर्थमन्त्री जर्नादन शर्मा भने अनुपस्थित भए ।

लामो रस्साकस्सीबीच प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताको प्रस्ताव पारित गरियोस् भनी सदनमा पेश गरेका हुन् ।

प्रस्ताव पेश गर्दा अर्थमन्त्री जर्नादन शर्मा भने अनुपस्थित भए । प्रस्ताव अर्थ मन्त्रालय अन्तर्गत भएपनि उनी अनुपस्थित भए । माओवादी केन्द्र एमसीसी प्रस्ताव टेबल गर्ने विपक्षमा उभिएकाले शर्मा पनि अनुपस्थित भए । यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए ।

एमसीसी टेबल भइरहँदा बानेश्वरमा झडप भइरहेको थियो । एमसीसीविरोधीले बानेश्वरमा विरोध प्रदर्शन गर्दा स्थिति तनावग्रस्त भयो ।

एमसीसी टेबल नगर्न सत्ता पक्षका माओवादी केन्द्र, जनमोर्चा नेपालका अलावा विपक्षका नेमकिपाले सदनमै भनाई राखेका थिए । नेकपा एमालेले सदनको अवरोध जारी राख्यो । यद्यपि, एमाले एमसीसीबारे स्पष्ट छैन ।

अब एमसीसीबारे १२ फागुनको सदन बैठकमा के हुने हो ? चासो बनेको छ । १६ फागुनभित्र एमसीसी टुंगो लागिसक्नुपर्नेछ । तर, सत्तापक्षमै विवाद रहेकाले एमसीसी पारित हुने सम्भावना कम रहेको छ । यसले नेपालको राजनीतिमा नयाँ टकराव देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया
निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
कोरोनाको कहरः विश्वभर ६ लाख ७० हजार बढीले ज्यान गुमाए
कोरोनाको कहरः विश्वभर ६ लाख ७० हजार बढीले ज्यान गुमाए
यस्तो छ सरकारको राहत प्याकेजः कसले के के पाउँछन् ?
यस्तो छ सरकारको राहत प्याकेजः कसले के के पाउँछन् ?
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी
उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी
जनआन्दोलनका कमाण्डर सिंहको सालिकमा माल्यार्पण
जनआन्दोलनका कमाण्डर सिंहको सालिकमा माल्यार्पण
सरकारको प्राथमिकतामा मानव संशोधन
सरकारको प्राथमिकतामा मानव संशोधन
पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !
पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !

तपाईंले छुटाउनुभयो कि?