१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २७, २०७९
|
|
५६ पटक हेरिएको
Shares
१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता

सारांश

  • काठमाडौं आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन्।
  • आयोगले ३ मंसिरमा १८ वर्ष उमेर पुग्ने मतदातासहित कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले ४ मंसिरमा हुने निर्वाचनमा मतदान गर्न पाउने बताएको हो।
  • आयोगका अनुसार निर्वाचनका लागि ९१ लाख ४० हजार ८ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य मतदाता कायम भएका छन्।

काठमाडौं आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन्।

आयोगले ३ मंसिरमा १८ वर्ष उमेर पुग्ने मतदातासहित कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले ४ मंसिरमा हुने निर्वाचनमा मतदान गर्न पाउने बताएको हो।

आयोगका अनुसार निर्वाचनका लागि ९१ लाख ४० हजार ८ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य मतदाता कायम भएका छन्।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७७ वटै जिल्लामा गरेर १० हजार ८ सय ९१ मतदानस्थल र २२ हजार २ सय २६ मतदान केन्द्र कायम भएको जानकारी दिए। आयोगले कायम गरेको र मतदान गर्न योग्य मानेका मतदाताले ती मतदानस्थल र केन्द्रमा गएर मतदान गर्न सक्नेछन्।

आयोगले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका कैदीबन्दी तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलगायत अस्थायी मतदाताका लागि भने अस्थायी मतदान केन्द्र तोक्नेछ । आयोगले बुधबारसम्म त्यस्ता मतदाताको विवरण संकलन गरेको थियो।

आयोगका अनुसार गत ३१ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा देशभरमा गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएका थिए । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ।

स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहमा गरी १० हजार ७ सय ५६ मतदानस्थल निर्धारण गरेको थियो । यस्तै, देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम गरिएको थियो ।

(valorhealthcare.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधेयकलाई समयानुकूल बनाउन सरकार तयार : गृहमन्त्री शर्मा
विधेयकलाई समयानुकूल बनाउन सरकार तयार : गृहमन्त्री शर्मा
प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी
प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी
फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु
फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु
साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि
संविधानपछिका दुई वर्ष : चुनावसँगै कार्यान्वयनमा सार्थकता
संविधानपछिका दुई वर्ष : चुनावसँगै कार्यान्वयनमा सार्थकता
‘जदरात’मार्फत ७० हजारभन्दा बढीलाई रोजगारी दिँदै साउदी
‘जदरात’मार्फत ७० हजारभन्दा बढीलाई रोजगारी दिँदै साउदी
बिहीबार ९६ संक्रमित थप, १११ जना संक्रमणमुक्त
बिहीबार ९६ संक्रमित थप, १११ जना संक्रमणमुक्त
इरानबाट तेल अायात नगर्न अमेरिकाकाे दबाब !

तपाईंले छुटाउनुभयो कि?